लण्डन। बेलायत भ्रमणमा आएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेललाई बेलायतको मिडल्याण्डमा सम्मान गरिएको छ ।
नेपाली जनसम्पर्क समिति मिडल्याण्डले यही डिसेम्बर २६ मा पिटरबरोमा एक कार्यक्रम सहित नेता पौडेललाई स्वागत तथा सम्मान गरेको हो । नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि समेत रहेका पौडेल चितवनका पुराना नेता हुन्।

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिडल्याण्ड क्षेत्रका नेपाली जनसम्पर्क समिति सदस्यहरूको बाक्लो उपस्थिति थियो।
सम्मान कार्यक्रममा नेता पौडेलले युवा शक्ति विदेश आएर काम गर्नु परेको र देशमा रोजगार र अवसरको सुनिश्चिता अझै हुन नसकेकोमा दुख व्यक्त गरे। उनले नेपालमा हालसालै विकसित राजनीतिक घटनाक्रममा कांग्रेसकै नेतृत्वको कमजोरीको कारण जनताले दिएको सरकार बनाउने म्यान्डेटसहित सबै गुमाउनु परेको भन्दै सभापति शेरबहादुर देउवाले आसेपासे सिमित व्यक्तिहरूको मात्र कुरा सुन्ने गरेको गुनासो गरे। साथै उनले तुरून्त केन्द्रिय समितिको बैठक बोलाई यसको निर्मन समि़क्षा गरिनु पर्ने बताए।

कार्यक्रममा एनआरएनएका अन्तराष्ट्रिय समन्वय समितिका प्रवक्ता सोमनाथ सापकोटा, एनआरएनए यूकेका प्रवक्ता शशांक शर्मा, जनसम्पर्क समिति यूकेका सहमहामन्त्री गुन्जेस्वर न्यौपाने, पूर्व महामन्त्री शीव तिमिल्सिना र केशव भण्डारी, पूर्व सहमहामन्त्री उपेन्द्र पौडेल, पूर्व कोषाध्यक्ष कृष्ण गुरूङ, किशोर लामिछाने, शरद शाही सिएम खरेल, उदय राज आचार्य,प्रकाश केसी, राजेन्द पौडेल, निरन्जन सेडाई,जया सुवेदी, विरेन्द्र कार्की लगायतले नेता पौडेललाई स्वागत गर्दै उनको सुखद बेलायत भ्रमणको शुभेच्छा व्यक्त गरे।

नेपाली जनसम्पर्क मिडल्याण्ड अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्यले नेता पौडेललाई समितिको तर्फबाट स्वागत गर्दै उनलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे। साथै उनले यही फेब्रुअरी २० तारिखमा हुने जनसम्पर्क समिति मिडल्याण्डको दोस्रो अधिवेशन सफल बनाउन मिडल्याण्डका सबै क्षेत्रमा बस्ने साथीहरूलाई सक्रिय भइ लाग्न अपिल गरे।