२०८१, ७ श्रावण सोमबार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा महेश दाहाल

476386 Shares

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा महेश दाहाल नियुक्त भएका छन् ।

नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको २७ नोभेम्बरमा २०२१मा भएको अधिवेशनले सभापति प्रत्यासी चारजनालाई चक्रिय प्रणालीमा सभापति चयन गरेको थियो ।

सोहि चक्रिय प्रणाली अनुसार सभापतिमा महेश दाहाल नियुक्त भएका हुन् ।

उनीको कार्यकाल चक्रीय प्रणालीमा एक वर्षको हुने जनसम्पर्क समितिका वरिष्ठ नेता विज्ञान प्रसाईले जानकारी दिए ।

सो अधिवेशनमा नेपाली काँग्रेसको बिधान र नियम बिपरित गरिएको चक्रीय प्रणालीको नैतिक विरोध गरेका नेपाली कांग्रेसका बौद्धिक नेता राजकुमार त्रिपाठीले पनि सहमतिको पालना सबैले गर्नुपर्छ र संगठन बलियो बनाउन अर्को विकल्प नभएको औलाउदै नवनियुक्त सभापतिमा महेश दाहाललाई बधाई दिएका छन् ।

२७ नोभेम्बर २०२१ शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोश्रो वर्ष, कोपिला वनेम लिम्बु तेश्रो वर्ष र युवराज सिंह चौंथो वर्ष सभापति हुने गरि निर्वाचित गरेको पूर्व महामन्त्री तथा निर्वाचन समितिका सदस्य केशव भण्डारीले जनाएका थिए ।

अधिवेशनले विधान संशोधन गरि एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको बताए पनि यो कार्य काँग्रेसको बिधान र नियमावली बिपरित रहेको थियो ।

विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरु सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा संख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए ।
समितिमा २ हजार ५ जना क्रियाशिल सदस्य छन् तर करिब ५० जनाको उपस्थिति थियो।

अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका थिए भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिएका थिए ।

सभापति पदमै उम्मेद्वारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको थियो ।
महामन्त्रीमा पनि ५ जना चुनिएका छन् जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सह-महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका थिए ।

त्यसैगरि, सदस्यहरुमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको थियो ।

निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए ।

प्रतिक्रिया