लण्डन । बिगत केहि महिनादेखि बेलायतस्थित नेपाली समुदायका अगुवा भन्ने व्यक्तिहरुबाट बेलायतका लागि नेपाली महामहिम राजदुतको बारेमा अनावश्यक टिका टिपणीहरु भएको प्रति अन्तररास्ट्रिय धादिङ समाजले दुख व्यक्त गरेको छ । महामहिम राजदुत ज्ञानचन्द्र आचार्य माथि अनावश्यक टिका टिप्पणीहरु गर्ने प्रति संस्था घोर भर्त्सना समेत गर्दछ ।
नेपालको राष्ट्रको प्रतिनिधित्व गरेर बेलायतको महारानीलाई ओहोदाको प्रमाण पत्र पेश गरेर आएका एक मान्यता प्राप्त कूटनीतिज्ञ, महामहिमलाई अपमान गर्नु राष्ट्रलाई अपमान गर्नु बराबर हो । यस्ता कार्यको जति नै भत्र्सना गरे पनि कम हुने ठहर हामीले गरेका छौं ।
नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको विश्वकै पहिलो राष्ट्र बेलायत हो । नेपालको राजधानी काठमाडौंमा आफ्नो दूतावास स्थापना गर्ने विश्वको पहिलो राष्ट्र बेलायत हो । नेपालले सन् १८१६ मा संयुक्त अधिराज्य सँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको मित्रता, आपसी समझदारी, सौहार्दता, सहयोग र एक अर्काको राष्ट्रिय हित र आकांक्षा प्रति सम्मान रहेको छ । बेलायत जस्तो सभ्यता बोकेको राष्ट्रमा बसेर २ लाख नेपालीहरुको अभिभाबक माथि नारा बाजी गर्ने, गालि गर्ने, एउटा नेपालको कर्मचारीको रुपमा लिनु, व्यक्तिगत रुपमा लिनु हामी २ लाख नेपालीलाई र नेपाल राष्ट्रलाई अपमान गर्नु हो।
एक राजदूत, जसले राज्य वा राष्ट्रको प्रतिनिधित्व गर्दछ र सामान्यतया आफ्नो सरकार वा सार्वभौम, अर्को सार्वभौम राज्य वा अन्तर्राष्ट्रिय संगठनको निवासी प्रतिनिधिको रूपमा सेवा गर्दछ। राष्ट्रको प्रतिकको रुपमा हेरिने महामहिमलाई बेलायतवासी नेपालीहरुले तथा संघ सस्थाहरुले पूर्ण सहयोग गरि केहि गल्ति कमिकमजोरी भएमा हामीले भित्री रुपमा समस्याको समाधान गर्नु पर्छ। त्यो हाम्रो कर्तव्य हो। हामीले महामहिमलाई पाहुनाको रुपमा लिई, साझेदारीमा सहकार्य गरेमात्र राजदुताबास सहज हुनेछ ।
महामहिम राजदुतलाई व्यक्तिगत रुपमा नलिई महत्वपुर्ण र संवेदनशील सेवाका रुपमा लिएर सहयोग गर्न अन्तर्राष्ट्रिय धादिङ समाजले बेलायतवासी नेपालीहरुलाई अपिल गरेको छ ।
(अध्यक्ष, राजन खकुराल अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष हुन्)