२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

लेस्टरको नेपाली रेस्टुरेन्ट अवतार डाइनिङ्गले जित्यो यस बर्षको अवार्ड

446243 Shares
Spread the love

लेस्टर । बेलायतको लेस्टर सहरको मार्केट हर्बोरो अवस्थित नेपाली रेस्टुरेन्ट अवतार डाइनिङ्गले यस बर्षको लेस्टर करी अवार्डमा बेस्ट फाइन डाइनिङ्ग रेस्टुरेन्टको अवार्ड हात पार्न सफल भएको छ।

विगत ७ वर्ष देखि पुकार ग्रुपले आयोजना गर्दै आइरहेको लेस्टर करी अवार्डमा यो पटक पनि लेस्टरका सयौं इण्डियन तथा केहि नेपाली रेस्टुरेन्टहरु मध्ये करीव ४० वटा रेस्टुरेन्टहरु मात्रै नोमिनीमा पर्न सफल भएका थिए ।

 

जसमध्य बेस्ट फाइन डाइनिङ्ग क्याटेगोरिमा परेका टप ५ उत्कृष्ट रेस्टुरेन्टहरु मध्य सर्बोत्कृष्ट घोषित भई टप १ मा पर्न सफल बेस्ट फाइन डाइनिङ्ग रेस्टुरेन्टको उपाधि प्राप्त गर्न सफल अवतार डाइनिङ्ग मार्केटहार्बोरोका संचालक सुरेश केसीले बताए ।

उक्त अवार्ड सबै टिमको अथक मिहिनेत, ग्राहकहरुको साथ र सहयोगमा मात्र प्राप्त भएको कुरा उनि भन्छन – यस्ता अवार्डहरु पाउँदा अझै मिहिनेत गर्न हौसला मिल्दो रहेछ।

लेस्टरशायर कै नेपाली रेस्टुरेन्टहरुमध्ये सबै भन्दा धेरै ब्यापार गर्ने ठानिएको अवतार ले गत महिना मात्रै बर्मिङ्घम सहर मा सम्पन्न भएको बहु प्रतिष्ठित इन्ग्लिश करी अवार्डमा पनि बेस्ट फाइन डाइनिङ्ग रेस्टुरेन्ट मिडल्याण्डको उपाधि प्राप्त गरेको थियो।

यसै गरि केही हप्ता पछि संचालनमा आउने गरि अर्को नयाँ ब्रान्च मिड्ल्याण्ड्को लटरवर्थ भन्ने ठाउमा खोल्न लागिएको पनि अवतार लटरवर्थ लिमिटेडका डाइरेक्टर शिव पराजुली ले जानकारी दिए ।

 

प्रतिक्रिया