लन्डन। हिन्दु महिलाहरुको महान चाड तीज पर्वका अवसरमा प्लमस्टिड मा पनि ग्रीन्विच ममिज फोरुम द्वारा कार्यक्रम आयोजना गरिएको थियो ।
गत बुधवार आयोजना गरेको तीज विशेष कार्यक्रममा प्ल्म्स्टेड मा रहेका नेपाली महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक नाचगान कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा महिलाहरु नेपाली पहिरनमा सजिएका थिए ।
विदेशमा रहेपनि आफ्नो संस्कृतिलाई जीवन्त राख्न नेपाली महिलाहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको र तीज जस्तो पर्व मा सहयोग गर्न पाउँदा आफू निकै गौरवान्वित भएको उक्त फोरुम का सचिब पबिता पौडेल को भनाई छ । तीज पर्वले विदेशमा पनि नेपाली कला,धर्म संस्कृति जस्ता विषयलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको पनि गोमा ढकाल बताए ।
बिदेस मा आफ्ना बालिका लाई नेपाली भाषा ,कल्चर सिकाउने अभिप्राय ले खोलिएको यो समुह ले आफ्ना बाल बालिका लाई समय समयमा भेटघाट गरी बिभिन्न कार्यक्रम गरेर स्थानिय एरिया मा सरसफाइ लगायत खडेरी समयमा पार्क मा भएका रुख बिरुवा मा पानी हाल्ने काम साथै बिरामी विद्यार्थी लाई पनि आर्थिक सहयोग गरेको थियो, बिभिन्न सामाजिक सेवामा समेत सक्रिय उक्त समुह कि अध्यक्ष गौमाया गुरुङ ले नेपाली कला र संस्कृतिको सम्वद्र्धनमा प्रवासी नेपाली सदैव लागिरहेका भन्दै तीज विदेशमा रहेका नेपाली दिदी बहिनीहरुसँग भेटघाट हुने महत्वपूर्ण माध्यम भएको बताइन् । सात समुन्द्र पारी रहेर पनि नेपाली रीतिरिवाज र प्रचलनहरु विदेशीमाझ चिनाउन प्रवासी नेपालीहरुले ठूलो योगदान दिएका आमा समुह का कोषाध्क्ष अनु थपलिया को भनाई छ ।
उक्त कार्यक्रममा ब्यबस्थापनमा स्थानिय काउन्सिलर जित रानाभाट ज्यू सहयोग उल्लेख रुपमा भएको थियो । उपाध्क्षय महिमा हमाल ले यसरी सबै नेपाली दिदी बहिनीहरुलाई एकीकृत गरेर तीजको कार्यक्रम गर्न पाउँदा निकै गौरवान्वित भएको बताइन् । प्रवासमा रहेका नेपाली दिदीबहिनीहरुलाई आफ्नै माईतमा गएर तीजको रमाईलो गरेको अनुभव होस नेपाली मौलिक संसकृतिको जगेर्नामा हामी नेपाली जहा भएपनि लाग्नु पर्ने ईभेन्ट कोर्डिनेटर कि गीता कार्की तथा मोनिका श्रेष्ठ को भनाई छ ।
नेपाली संस्कृतिमा केही विकृतिहरू पनि प्रवेश गरेका भन्दै तीज विगतको जस्तो रमाइलो नभए पनि यसले केही न केही जागरण भने पैदा गरेको बुद्ध फाउन्डेसन युके का सचिब सुरेन रुपाखेती ले बताए ।