२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

प्रवासी नेपाली मञ्च यूकेको नेतृत्वमा भुसाल, सचिवमा पुण्य रेग्मी 

187342 Shares
Spread the love

लण्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूकेको नयाँ नेतृत्वमा भुसाल र सचिवमा पुण्य रेग्मी चुनिएका छन ।

 

भुसाल यसअघिको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए भने रेग्मी कोषाध्यक्ष थिए । आइतबार अल्डरसटमा सम्पन्न मञ्चको आठौं अधिवेशनले तुंगभद्र भुसालको नेतृत्वमा सर्वसम्मत् नयाँ कमिटी निर्वाचित गरेको हो ।

 

तीन वर्षे कार्यकालका लागि निर्वाचित मञ्चको नयाँ कमिटीमा उपाध्यक्षमा सुरेशजंग शाह, कृष्ण भण्डारी र डा. मुकुन्द बास्तोला र उपसचिवमा गोविन्द सापकोटा, कल्पना आङबुहाङ र लिलामान शेरपुञ्जा छन्।

 

सदस्यहरुमा बालकृष्ण भुसाल (नर्थ वेष्ट), दिवाकर पाण्डे (स्कटल्याण्ड), मकुन्द खराल (मिडल्याण्ड), तारानाथ भण्डारी (मिडल्याण्ड), केदार थपलिया (साउथ इष्ट), प्रकाश कंडेल (साउथ इष्ट),अर्जुन चापागाई (नर्थ वेष्ट), विदुर खत्री (स्कटल्याण्ड), केशरी क्षेत्री (मिडल्याण्ड), जयाराम कंडेल (मिडल्याण्ड), वसन्त नेपाल (नर्थ वेष्ट), गंगा बहादुर क्षेत्री (नर्थवेष्ट), शक्ति घिमिरे (साउथ इष्ट), सुदेशा बजगाईं (साउथ इष्ट), श्याम लुईंटेल (साउथ इष्ट), टोप ब राउत ‘रुपेश’ (स्विण्डन), लेखनाथ खरेल (साउथ इष्ट) र तिलक भट्टराई (साउथ इष्ट) छन्।

 

नवनिर्वाचित कमिटीका पदाधिकारीले पार्टीका प्रवास इन्चार्ज राजन भट्टराईबाट शपथ ग्रहण गरेका थिए।

 

नयाँ कमिटी चयनको लागि अधिवेशनको दोस्रो सत्रमा ग्लोबल कमिटी अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो। जसमा कर्ण शाही, गोविन्द पौडेल, सञ्जय थापा, आकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिम्खडा, विनोद ज्ञवाली, कल्पना त्रिपाठी सदस्य थिए। अध्यक्षमन्डलबाट कर्ण शाहीको संयोजकत्वमा गोविन्द पौडेल, विनोद ज्ञवाली र कल्पना त्रिपाठी सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो।

 

अधिवेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमालेका प्रवास इञ्चार्ज राजन भट्टराईले उद्घाटन गरेका थिए।

 

 

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, एमाले केन्द्रीय सदस्य तारा राई, मञ्चको ग्लोबल कमिटी अध्यक्ष भक्त गुरुङ, सदस्य कर्णबहादुर शाही र प्रमुख सल्लाहकार सञ्जय थापा, युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल, संस्थापक अध्यक्ष आकलजंग लामा, जनप्रगतिशिल मञ्च यूके अध्यक्ष मानबहादुर गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।

 

अधिवेशनको पहिलो सत्र अध्यक्ष सुरेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो।

महासचिव सुरेशजंग शाहले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य तथा अर्का वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुसालले धन्यवाद मन्तव्य दिएका थिए।

प्रतिक्रिया