२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

मिडल्याण्डमा नेपाली मेला र एभरेष्ट क्रिकेट लीगको भव्य तयारी

223364 Shares
Spread the love

मिडल्याण्ड । यही अगस्त २२ तारिक सोमबारका दिन बेलायतको मिडल्याण्डमा नेपाली मेलाको आयोजना हुने भएको छ ।

मिडल्याण्डका सबै नेपालीहरूको साझा संस्था साझा नेपाली समाजको आयोजनामा मिडल्याण्डमा पहिलो पटक हुन गहिरहेको नेपाली मेलाको तयारी अन्तिम चरण पुगेको मेला आयोजक समितिका संयोजक साझा नेपाली समाज एवं गैरआवसीय नेपाली संघ युकेका कार्यसमितिका सदस्य उपेन्द्र पौडेलले जानकारी गराएका छन् ।

उपेन्द्र पौडेल

सोही दिन गोल्डन एभरेष्ट क्रिकेट लीगको फाईनल खेल सहित समापन गरिने जानकारी विगत ५ वर्षदेखि यसको संयोजक गरिरहेका नेपाली समाज नटिंघमका समाजका पूर्व अध्यक्ष दिपक सापकोटाले गराएका छन् ।

गोल्डन एभरेष्ट समूहको स्पोन्सर रहेको बेलायतका नेपालीहरूकै क्रिकेटको ठूलो लीग गोल्डेन एभरेष्ट क्रिकेट लीगका संयोजक दिपक सापकोटा गैरआवासीय नेपालीसंघ युके खेलकुद विभाग अन्तर्गत क्रिकेट खेलका संयोजक पनि हुन् ।

दिपक सापकोटा

नटिंघम स्थित बृहत क्रिकेट मैदानमा हुन लागेको उक्त कार्यक्रमको प्रमुख अथितिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिमा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र नेपाली नायक निखिल उप्रेति रहने कुरा आयोजकहरुले बताएका छन् ।

मिडल्याण्डका प्राय सबै संघसंस्थाको सक्रिय सहयोगमा हुन लागिरहेको मिडल्याण्ड मेलामा नेपालका एक्सन नायक निखिल उप्रेती, कमेडियन निर आले लगायत नेपालका राष्ट्रीय कलाकारहरूको लोकदोहोरी मेलाको मुख्य आकर्षण रहने मेला संयोजक पौडेलले जानकारी गराएका छन्।साथै क्रिकेट खेल प्रेमीहरूले गोल्डेन एभरेस्ट क्रिकेट लीगको फाईन खेलको आन्नद पनि लिन सक्नेछन् ।

मिडल्यान्ड नेपाली मेलाको अन्य आर्कषणमा दिव्यज्योति नौमति बाजा, तिजको गीत, लत्ताकपडा,भाॉंडाकुडॉं लगायत विविक्यू , मःम स्टल सहित नेपाली कला र संस्कृति झल्काउने नॉंचगॉंन रहने छन् । साथै नेपाल सरकारले गैरआवसीय नेपालीहरूलाई दिएको सुविधा डलर एकाउन्ट खोल्न ईच्छुकहरूका लागि ग्वोवल आई.एम.ई. बेलायत शाखाको सुविधा पनि उपलव्ध हुनेछ ।

मिडल्याण्ड नेपाली मेला र क्रिकेट लीग समापन समारोह सफल बनाउन मिडल्याण्ड लगायत युके भरिकै नेपाली समुदायहरूको सहभागिताका लागि आयोजकहरूको हार्दिक अनुरोध रहेको छ । सहभागि सबैको लागि निशुल्क प्रवेश रहेको कार्यक्रमको समय र स्थान अगस्ट २२ सोमवारका दिन बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म नटिंघमको वेस्ट ब्रिजफोर्ड रेगटा वेको क्रिकेट मैदानमा रहेको छ ।

प्रतिक्रिया