२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

३ सेप्टेम्बर शनिवारका दिन लण्डनमा ग्रीनवीच फेस्टिवल हुदै

405162 Shares
Spread the love

लण्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ ।

उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औ ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ।

प्रतियोगितामा १२ देखी १६ फुटबल टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित नगद प्राप्त गर्नेछ ।

फेस्टिबलमा मुख्य आकर्षकको रुपमा नेपालका राष्ट्रिय लोक दोहोरि कलाकार को बेजोड प्रस्तुति, लाइभ म्युजिक, विभिन्न किसिमका बाजा, खानाका स्टल, बालबालिकाका खेल जस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा आयोजना गरिदै छ ।

संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्णमा अपिल गरेका छन् ।

स्थानीय विभिन्न सस्थाहरुको समेत सहयोगमा हुने फेस्टिवल निकै रमाइलो हुने आयोजकले बताएको छ।

प्रतिक्रिया