२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

क्याट यूकेको १७ औं साधारण सभा तथा बीबीक्यू कार्यक्रम सम्पन्न

353996 Shares
Spread the love

लण्डन । चितवन घर भई बेलायतमा बस्दै आएका नेपालीहरुको महत्वपूर्ण संस्था क्याट यूकेले जुलाई – ३१ आईतबारका दिन चार्ल्टनको मेरिडियन स्पोर्ट्स तथा सोसियल क्लबमा १७ औं साधारण सभा तथा बीबीक्यू कार्यक्रम सम्पन्न गरेको छ।

क्याट यूकेका अध्यक्ष रितेश राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले क्याट यूकेले नेपाली समाज यूकेको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिए।

समाजका महासचिव रमेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक टि.एन रिजालले स्वागत मन्तव्य दिएका थिए ।

सो साधारण सभामा क्याट यूकेका नया सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, बार्बीक्यू तथा नेपालबाट आएका कलाकारहरको बेजोड प्रस्तुति रहेको कार्यक्रम संयोजक टि.एन रिजालले बताए । बार्बीक्यू तथा खानाको व्यवस्था कार्यसमिति सदस्य तथा समाजसेवी फुल प्रसाद कंडेलले गरेका थिए ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक टि.एन रिजालले घमाइलो वातावरणमा बयस्क र बाल बच्चाहरु सहभागी भई भरपूर मनोरञ्जनात्मक कार्यक्रममा स्पोन्सर लगायत सबै उपस्थितलाई धन्यबाद ज्ञापन गरेका थिए ।

उक्त साधारण सभामा एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार , अध्यक्ष प्रेम गाहा मगर, तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएनए युकेका पुर्व महासचिव फडिन्द्र भट्टराई , पशुपतिनाथ मन्दिर अध्यक्ष दासुराम पाण्डे, चार्ल्टन नेपाली समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी ,पुर्व अध्यक्ष रोमनाथ पाण्डे समाजसेवी प्रेम गैरे साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

चितवन एड ट्रष्ट,यूकेलाई छोटकरीमा क्याट यूके भन्ने प्रचलनमा ल्याइएको हो । सन २००४ मा स्थापना भई विशेषत : शिक्षा , स्वास्थ्य र प्राकृतिक प्रकोपमा चितवनवासीहरूको साथ दिदै आएको क्याट यूके बेलायतमा पनि विवादरहित सफा संस्थाको अग्रस्थानमा आउने गरेको छ ।

सन २०१४ बाट बेलायतमा कम्पनि ऐन अन्तर्गत बैधानिक रुपमा दर्ता भई २०१७ मा सबै च्यारिटीको लागि आवश्यक सम्पूर्ण प्रशासनिक कार्य सकेको क्याट यूकेले जुलाई – ३१ आईतबारका दिन हुने १७औं साधारण सभाका लागि संस्थाका उपाध्यक्ष टि.एन. रिजाललाई संयोजक तोकेको थियो ।

 

प्रतिक्रिया