लण्डन । गैर आवासीय नेपाली संघ युकले महासचिव खुसी लिम्बुलाई स्पष्टिकरण सहित बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।
महासचिव लिम्बुले गत २५ जुनको कार्य समितीको बैठकको कार्य समितीको बैठक लगायतका विषयमा गलत सुचना संप्रेषण गर्ने, फेसबुक लगायतका सामाजिक संन्जालबाट अध्यक्ष लगायत कार्य समितीका अन्य शदस्यहरुलाई हटाउने कार्य गरेका थिए । कार्य समितीका एक पदाधिकारीका अनुसार २५ जुनको बैठक पहिले उनका कार विग्रीएकोले महासचिवको अनुपस्थितीमा बैठक बस्न नसक्ने भन्दै बैठक स्थगित भएको सुचना जारी गरेका थिए ।
अध्यक्षको निर्देशन तथा सहमति बेगर जारी गरीएको सो सुचनालाई कार्य समितीले खारेज गरी तोकिएकै मिती र समयमा बैठक सम्पन्न भएको थियो । उक्त बैठक महासचिवको संघको तर्फबाट आधिकारीक सुचना तथा पत्राचार लगायतका जिम्मेबारी खोस्ने तथा उनलाई स्पष्टिकरणका लागि बैठकमा बोलाउने निर्णय समेत गरेको थियो । एनआरएनए युकेको विधानको धारा १९.३.६ मा अध्यक्षको निर्देशन र सहमतिमा मात्र महासचिवले बैठक बोलाउन सक्ने भन्ने ब्याबस्था छ ।
श्रोतका अनुसार महासचिव लिम्बुले संघको फेसबुकबाट आफुबाहेक सबैलाई हटाएका छन् पबक्ता लगायतका केही पदाधिकारीहरुको आधिकारीक इमेलको पासवर्ड परिबर्तन गरी आफैले चलाएका छन् । यति मात्र होइन पछिल्लो समय अध्यक्षलाई निलम्बन गरेको भन्दै बक्तब्य समेत जारी गरेका छन् ।
हामीलाई प्राप्त भएको महासचिवलाई स्पष्टिकरण सोधिएको पत्रमा उनको अवान्छित गतिविधी बारे स्पष्टिकरण दिन र संघको विधी विधान परंपरा विपरित गतिविधी गरेबापत उनलाई विधान अनुसार किन कारवाहि नगर्ने भन्ने स्पष्टिकरण सहित उपस्थित हुन भनिएको छ । स्मरण रहोस महासचिब लिम्बुले यस अगाडी काम गरेका सबै सस्थामा यसै गरी झैझगडा गर्ने तथा लेटरहेड, माइनयुट बुक, इमेल, फेसबुक लगायत कब्जा गरेर भाग्ने गरेका छन् ।
