२०८३, २८ कार्तिक शुक्रबार
×

पत्रकार द्वय डा.कार्की र कंडेल नेपाल पत्रकार महासंघको अन्तराष्ट्रीय समन्वय समितिमा 

3459 Shares

काठमांडौ —-लामो समय देखि प्रवासमा रहेर पत्रकारिता गरिरहेका पत्रकार द्वय डा जगन कार्की र संजय कंडेल नेपाल पत्रकार महासंघको अन्तराष्ट्रीय समन्वय समितिको सदस्यमा मनोनीत भएका छन ।

यस अघी दुबै जना पत्रकार महासंघ बेलायतका सचिव तथा महासचिवको भूमिकामा महासंघको अभियानमा जोड़िदै आएका थिए ।

 

बेलायतबाट संचालन हुने अंग्रेज़ी अनलाइन साउथ एसिया टायमका सम्पादक डा कार्की बिगत २ दशक देखी कलम चलाई आएका छन ।बेलायत बाट बित्तिय समावेसितामा डक्टरेट गरेका उनी अध्यापन पेसामा संलग्न छन् । कार्की चाइल्ड रेस्क्यु नेपाल , नेप्लिज ब्रिटिस कम्युनिटीमा ट्रस्टी रहेका छन् भने गैर आवासीय नेपाली संघमा सल्लाहकार तथा अन्य प्रवासी नेपाली संघसंस्थामा सल्लाहकारको भूमिकामा पनि रहेका छन।

 

लामो समय देखि अध्ययन अध्यापनको अनुभव हासिल गरेका दर्पण संसारका संचालक तथा सम्पादक पत्रकार कंडेल बेलायतमा सफल युवा ब्यवसायीका रुपमा पनि परिचित छन्। उनी हाल साइबर सुरक्षा सम्बन्धि अध्ययन र अनुसन्धानमामा पनि लागेका छन् ।

 

प्रवासमा रहेर शैक्षिक तथा सामाजिक गतिबिधिमा लागेका डा कार्की र कंडेलको मनोनयनले पत्रकारिताको हक हित संरक्षण गर्न नीतिगत , प्राविधिक, सिप तथा ज्ञान आदान प्रदान गर्ने बिषयमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको भन्दै केन्द्रिय महासचिव रोशन पुरीले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया