२०८३, २८ कार्तिक शुक्रबार
×

क्याट यूकेको १०औं साधारण सभा जुलाई ३१ मा हुने

343670 Shares

लण्डन । चितवन घर भई बेलायतमा बस्दै आएका नेपालीहरुको महत्वपूर्ण संस्था क्याट यूकेले आगामि जुलाई – ३१ आईतबारका दिन चार्ल्टनको मेरिडियन स्पोर्ट्स तथा सोसियल क्लबमा १०औं साधारण सभा हुने भएको छ ।

चितवन एड ट्रष्ट,यूकेलाई छोटकरीमा क्याट यूके भन्ने प्रचलनमा ल्याइएको हो । सन २००४ मा स्थापना भई विशेषत : शिक्षा , स्वास्थ्य र प्राकृतिक प्रकोपमा चितवनवासीहरूको साथ दिदै आएको क्याट यूके बेलायतमा पनि विवादरहित सफा संस्थाको अग्रस्थानमा आउने गरेको छ ।

सन २०१४ बाट बेलायतमा कम्पनि ऐन अन्तर्गत बैधानिक रुपमा दर्ता भई २०१७ मा सबै च्यारिटीको लागि आवश्यक सम्पूर्ण प्रशासनिक कार्य सकेको क्याट यूकेले जुलाई – ३१ आईतबारका दिन हुने १०औं  साधारण सभाका लागि संस्थाका उपाध्यक्ष टि.एन. रिजाललाई संयोजक तोकेको छ ।

उक्त साधारण सभामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, बार्बीक्यू तथा नेपालबाट आएका कलाकारहरको बेजोड प्रस्तुति रहने संयोजक टि.एन रिजालले बताए ।

सधैँ जुलाईको पहिलो हप्तामा हुने सो साधारण सभा प्रशासनिक कार्यले गर्दा जुलाईको अन्तिम हप्तामा गर्न लागिएको संस्थाका अध्यक्ष रितेश राज पाण्डेले जनाए ।

प्रतिक्रिया