लण्डन । बुद्ध फाउण्डेशन यूकेले लण्डनको ट्राफलगर स्क्वायरमा सम्पन्न गरेको २५६६औ बुद्ध जयन्ति कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरुलाई अपमान गरेको औपचारिक रुपमा स्वीकार गरेको छ।
फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले बुधबार सामाजिक संमाजिक संजाल मार्फत सार्वजनिक गरेको विज्ञप्तीमा अभियन्ताहरु माथि गरिएको भेदभावपुर्ण व्यवहार प्रति क्षमा माग्दै आगामी दिनमा सच्याउने उल्लेख गरेका हुन्।
कार्यक्रममा लण्डन बाहिरका काउन्सिलरहरुलाई अतिथि आसन ग्रहण गराए पनि लण्डन भित्रका काउन्सिलर र मेयर समेतलाई आसन ग्रहण नगराई अपमान गरिएको थियो।
बुद्ध फाउण्डेशनकै निमन्त्रणामा आइपुगेका काउन्सिलरहरु तथा अतिथिहरुले अध्यक्ष श्रेष्ठलाई व्यक्तिगत रुपमा कार्यक्रममा भेदभाव र अपमान भएको जानकारी गराउँदा समेत वेवास्ता गरेको आरोप लगाएका छन्।
साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय अध्यक्ष कुल आचार्यलाई समेत पछिल्लो लहरमा राखेर एनआरएनए यूके अध्यक्ष र राजदुतावासका कर्मचारीहरुलाई अघिल्लो लहरमा राखिएको थियो ।
हरेक बर्ष कर्मकाण्डका रुपमा मनाउदै आएको बुद्ध फाउण्डेसनमा लण्डनका मेयर आउने हल्ला चलाए पनि उनी भने आएका थिएनन् । तर बेलायतकै लण्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णु गुरुङ निमन्त्रणा स्वीकार गरि कार्यक्रममा उपस्थित भएपनि उनलाई अपमान गरि बसेको सिटबाट आयोजकले उठाएका थिए ।
आयोजकको निन्त्रणामा कार्यक्रम स्थलपुगेका गुरुङलाई आयोजकले देख्दैनदेखे जस्तो गरेका थिए । उनको लागि बस्ने व्यवस्था समेत आयोजकले गरेका थिएनन् । गुरुङ कार्यक्रममा पुगेर अतिथिको रुपमा सहभागी सांसद विरेन्द्र शर्मासंगै रहेको कुर्सीमा बसेपछि आयोजकले त्यहाँबाट उठ्न भनेका थिए ।
गुरुङ कार्यक्रम स्थलमा पुगे पनि आसन ग्रहणको लागि नाम समेत उच्चारण नगरेपछि कार्यक्रम स्थल छोडेर हिडेका थिए।