२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपाली महिला समाज पोर्चुगलको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

3972 Shares
Spread the love

लिस्बन। नेपाली महिला समाज पोर्चुगलको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आईतबार राजधानी लिस्बनमा सम्पन्न भएको साधारण सभाले बिभिन्न निर्णयहरु समेत पारित गरेको छ । सभाले पोर्चुगलमा रहेका नेपाली महिलाहरुका लागि निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने, युक्रेनबाट पोर्चुगल आएका नेपाली महिलाहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने, समाजको सदस्यता बृद्धि गर्ने लगायतका निर्णय पारित गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष माया खरेलले बार्षिक प्रतिवेदन, सचिव रेनु परियारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले समाजले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

समाजका अध्यक्ष माया खरेलको अध्यक्षता तथा महासचिव शान्ती अर्याल अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका प्रदिप अधिकारी, समाजका संस्थापक अध्यक्ष निर्मला ढकाल, बरिष्ठ उपाध्यक्ष सरिता शर्मा लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया