२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने सरकारको नीति स्वागतयोग्यः आचार्य

1878 Shares
Spread the love

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा विचाराधीन नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने उल्लेख भएबाट आफूहरु उत्साहित भएको बताएका छन् ।

‘यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं’, आचार्यले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘नीति तथा कार्यक्रममा आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने र गैरआवासीय नेपाललाई डिजिटल परिचय पत्र उपलब्ध गराउने घोषणाको हामी स्वागत गर्दछौं ।’

गैर आवासीय नेपालीले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास लिएका उल्लेख गर्दै अध्यक्ष आचार्यले नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोरयाएका छन् ।

यस अघि संघले प्रधानमंत्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै नीति तथा कार्यक्रममा समेट्न ८ बुंदे सुझाव दिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया