२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बेक्सली नेप्लिज् कम्युनिटीद्वारा एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न

4428 Shares
Spread the love

बेक्सली । बेक्सली नेप्लिज् कम्युनिटीद्वारा एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न गरेको छ ।

नेपाली भाषालाई माया गर्नेहरु उपस्थित  रहेको सो गोष्ठीमा सहभागी जनाएकाहरुलाई डा किरण प्रधानले सरल तरिकाले नेपाली बर्ण लेख्न तालिम दिएका थिए ।

नेपाली भाषा लिपिलाई सरल तथा एकरूपता दिने हेतुले यो कार्यक्रम राखिएको नेपाली भाषा शिक्षिका अहिल्या कुँवरले बताईन् ।

सो गोष्ठीमा नेपाली वर्णको हस्तलेखन कलाबारे साना बालबालिकालाई सहज तरिकाले हस्तलेखन गराई एक मापक अनुसार कसरी अक्षर लेखन सुन्दर बनाउन सकिन्छ भन्नेबारे जानकारी डा किरण प्रधानले दिएका थिए ।

डा किरण प्रधानलाई बेक्सली नेप्लिज् कम्युनिटीका अध्यक्ष आनन्द धरेल र उपाध्यक्ष बिजेता गौतमले खादा ओडाएर स्वागत गरेका थिए ।

संस्था का माहासचिव केदार थपलियाले संचालन गरेको सो गोष्ठीमा कोषाध्यक्ष दीपेन्द्र सिटौला लगायत थुप्रै मानिसहरुको उल्लेखनीय उपस्थित रहेको थियो भने नेपाली शिक्षिका दोय अहिल्या कुँवर र सरिता शर्माले कार्यक्रमलाई सहज बनाउन भूमिका खेलेका थिए ।

गोष्ठीको अन्तिममा समाजका अध्यक्ष आनन्द धरेल व्यस्तताका बाबजुद आफ्नो अमुल्य समय प्रदान गरेर कार्यक्रम सफल बनाईदिनु भएकोमा उपस्थित सबै महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए भने बिजिता गौतमले डा किरण प्रधानलाई बेक्सली नेप्लिज् कम्युनिटीको तर्फबाट मायाको चिनो स्वरूप बेक्सली नेप्लिज् कम्युनिटीको लोगों सहितको टि-सर्ट र सटिफिकेट प्रदान गरेकी थिईन् ।

प्रतिक्रिया