२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

श्रृजनशील लेष्टर नेपाल युकेले भव्य रूपमा मनायो नयाँ बर्ष 

315690 Shares
Spread the love

श्रृजनशील लेस्टर नेपाल, यूकेले राष्ट्रीय कलाकारद्वय अस्मिता डल्लाकोटी र विशाल रायमाझिको साथमा नेपाली नयाँ बर्ष २०७९ मनाएको छ ।

कलाकारहरूको धमाकेदार प्रस्तुतिमा नयाँ बर्ष मनाउन स्थानिय लेस्टरवासी नेपालीको साथमा नटिंघम, पिटरबरो, बर्मिंघम, डर्बी, ग्रान्थम, कोलभील लगायत मिडल्यान्डबाट ठुलो संख्यामा उपस्थित नेपालीहरुको संख्याले हल खचाखच भरिएको थियो ।

समाजका अध्यक्ष नारायण फूयालको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थापक अध्यक्ष राजु कँडेलले जोर पानसमा बत्ति बालेर शुभकामना कार्यक्रमको उद्घाटन गरिएको थियो।

संस्थाकी कार्यकारी सदस्य माया प्रधानले सम्पूर्ण अतिथीहरुलाई व्याज लगाइदिएर स्वागत गरेकी थिइन् भने  कार्यसमिति सदस्य वास्ना भन्डारीको स्वागत मन्तब्यको साथमा साना दुई नानुहरूले नृत्य प्रस्तुत गरि उपस्थित पाहुना एवं दर्शकलाई भरपूर मनोरंजन दिलाएका थिए।

समाजका पूर्व अध्यक्ष एवं एनआरएन युरोप उपसंयोजक दयानिधि सापकोटा, एनआरएन आईसिसी सदस्य एवं साझाका निवर्तमान अध्यक्ष महेश अधिकारी, नटिंघम नेपाली समाजका संस्थापक अध्यक्ष एवं साझाका पूर्व अध्यक्ष रण खाती, एनआरएन सचिब बिष्णु चालीसे, नटिंघम नेपाली समाज पूर्ब अध्यक्ष प्रवीन पाण्डे, नटिंघम नेपाली समाजका अध्यक्ष रबिन्द्र शर्मा, गलकोट समाजका उपाध्यक्ष डिलाराम गौतम, साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आले, सामाजिक अभियन्ता पवन शर्मा, श्रृजनशील लेस्टर नेपाल युकेका निवर्तमान अध्यक्ष बलराम चापागाई र शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारीले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा पिटरबोरो नेपाली समाजका पुर्व अध्यक्ष केशब भण्डारी, शृजनशील लेस्टर नेपालका पुर्व अध्यक्ष पशुपती पोखरेल, नटिंघम नेपाली समाजका उपाध्यक्ष मुकुन्द खरेल, महासचिब लोकनाथ अधिकारी लगायत नटिंघम नेपाली समाजका कार्यसमितिको उपस्थिति रहेको थियो। विभिन्न समाजका पदाधिकारी, सामाजिक अभियन्ता, समाजसेवीहरूको शुभकामना मन्तब्य र हालै एनआरएन उपमहासचिवमा निर्वाचित रामशरण सिंखडाको शुभकामना मन्तब्य पश्चात समाजका अध्यक्ष नारायण फूयालले औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए। समाजका महासचिव पुन्डरी अर्यालले पहिलो चरणको कार्यक्रम संचालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम समाजका सचिवद्वय शिव पराजुली र लक्ष्मण गौतमले चलाएका थिए।

 

कार्यक्रममा सांस्कृतिक बिभागको संयोजन संस्थाका सदस्य द्वय राम बन्जाडे तथा श्रुति बम ठकुरीले गरेका थिए। स्थानीय वालकलाकारहरु सितल घिमिरे, सिजल घिमिरे, प्रिया खरेल र रश्मि आयर तथा यसै संस्थाकि कार्यसमिति सदस्य श्रुति बम ठकुरीको नृत्यलाइ प्रशंशा गर्दै संस्था ले धन्यवाद ज्ञापन सहित प्रमाणपत्र वितरण गरेको थियो भने त्यसै गरि यस संस्थाको उत्तरोत्तर प्रगति को कामना गर्दै संस्थालाइ केहि रकम अनुदान गरेर सहयोग गर्ने विभिन्न ब्यबसायहरु लाइ पनि संस्थाको तर्फ वाट उच्च मुल्यांकन गर्दै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। यस संस्थालाइ सहयोग गर्ने ब्यबसायहरु मध्य अवतार डाइनिङ्ग रेस्टुरेण्ट, मार्केटहार्बोरो ले £५०० प्रदान गरेको थियो भने स्विण्डनमा अवस्थित रेड प्यारोट अकाउण्टिङ्ग र एम के इण्टेरिअर डिजाइन लेस्टर ले £२५० का दरले सहयोग गरेका थिए ।

त्यसै गरि एभरेस्ट डाइन रेस्टुरेण्ट, हिन्क्ली ले £२००, ओजि इटालियन रेस्टुरेन्टले र बल कन्स्ट्रक्सनले £१५१ का दरले अनुदान गरेका थिए। संस्थालाइ £१०१ सहयोग गर्नेहरुमा एभरेस्ट लाउन्ज रेस्टुरेन्ट मार्केटहार्बोरो, माउन्ट गुर्खा रेस्टुरेन्ट लाफ्बोरो, गोवा रेस्टुरेन्ट अर्ल्शिल्टन, हेरिटेज इंडिया रेस्टुरेन्ट, लेस्टर, गोर्खा ८८४८ रेस्टुरेण्ट विग्स्टन, सराइ बिल्डर्स लेस्टर, ताज बार एण्ड ग्रिल लेस्टर, रोयल स्पाइसी रेस्टुरेन्ट इब्स्टक, ३ किल्न्स पब लेस्टर, चार्टवेल आर्म्स पब विग्स्टन, हिमाली फुड सप्लायर लेस्टर, हिमालयन तन्दुरी रेस्टुरेन्ट लेस्टर रहेका थिए भने त्यसै गरि उक्त कार्यक्रमका लागि सफ्ट ड्रिङ्क्स ए टी सी रुट मिलार्स सुपरस्टोर लेस्टर ले सहयोग गरेको थियो।

प्रतिक्रिया