२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

एनआरएनएलाई डलर खाताबारे जानकारी दिन बृहत् अन्तरक्रिया हुंदै

4313 Shares
Spread the love

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) ले डलर एकाउन्टबारे अन्तरक्रिया गर्ने भएको छ ।

एनआरएनहरुलाई नेपाली बैंकमा डलर खाता खोल्न सहजीकरण गर्न सरकारले हालै गरेको व्यवस्थाबारे गैरआवासीय नेपालीहरुलाई जानकारी गराउन उक्त अन्तरक्रिया आयोजना गर्न लागिएको संघले जनाएको छ । अन्तरक्रियामा अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, कार्यवाहक गभर्नर निलम ढुंगाना सरकारी पक्षबाट रहने छन् ।

एनआरएनका तीन जना अध्यक्षहरुले पनि सम्बोधन गर्ने छन् । बुधबार (१३ अप्रिल) नेपाली समय अनुसार अपरान्ह ५ बजे जुम माध्यमबाट अन्तरक्रिया आयोजना गरिएको एनआरएनका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले नेपाल आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको र त्यसैका लागि अन्तरक्रिया गर्न लागिएको जनाइएको छ ।

अन्तरक्रिया मार्फत विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोली कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया