२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

लण्डनमा पहिलो पटक मनाइयो बिस्केट जात्रा ( फोटो फिचर )

292020 Shares
Spread the love

तस्विर : रुपक प्रजापति


 

लण्डन । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा (बिस्केट जात्रा) जात्रा लण्डनमा पहिलो पटक भव्य रुपमा मनाईएको छ ।

नेवार समुदायको लोकप्रिय साँस्कृतिक पर्व बेलायतमा नेवारी भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथि यूकेको आयोजनामा साउथ इष्ट लन्डनको प्लमस्टिडमा रहेको एशियन कम्युनिटी सेन्टरमा सो जात्रा मनाईएको हो ।


बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै राजदुत आचार्यले नेवार समुदायको संस्कृति संरक्षणका लागि गुथीले गरेको कार्यक्रम निकै महत्वपुर्ण रहेको बताए ।

गुथिले हरेक दुइ वर्षमा आयोजना गर्दै आएको ‘नेवा मुना’ को अवसर पारेर यस पटक बिस्केटजात्रा गरेको र आगामी वर्षहरुमा निरन्तर रुपमा गरिने अध्यक्ष ओजेश सिंहले बताए ।

जात्राको संयोजन पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाले गरेको थियो । भने कार्यक्रमको सयोजन शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए ।

जात्रामा बेलायत भरीका नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । बिस्केट जात्राकै अवसर पारेर नेवारी मौलिक खानाका परिकारहरु पनि आकर्षणको रुपमा राखिएको थियो ।

 

प्रतिक्रिया