२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बेलायतको स्थानीय चुनावमा सन्जय पन्तको उम्मेद्वारी

278661 Shares
Spread the love

लण्डन । बेलायतमा आगामी मे ५ तारिकमा हुन गइरहेको स्थानीय चुनाबमा कन्जरभेटिब पार्टीले वाटफोर्ड बरोमा नेपाली मुलका सन्जय पन्तलाई काउनसिलर उम्मेदवार तय गरेको छ।

बिगत १४ बर्ष देखि बेलायतमा बसेर विभिन्न सामाजिक कार्यमा सक्रिय तथा कन्जर्भेटिभ पार्टीमा आबद्ध पन्त वाटफोर्ड बरोको राजनीतिमा उत्तिकै सक्रिय रहदै आएका छन् ।

एनआरएनए युकेका पुर्ब सल्लाहकार समेत रहि सकेका उनि पेशाले वाटफोर्ड जनरल हस्पीटलमा सिनीयर सर्भिस कोअर्डिनेटरको रूपमा कार्यरत छन ।

कन्जर्भेटिभ पार्टीको हरेक क्रियाकलाप संग नजीक रहेर कार्य गर्दै आएको बताउदै आएका पन्तले निर्वाचनमा सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गर्दै सहयोगको लागि अनुरोध समेत गरेका छन ।

बेलायतमा नेपाली समुदायको बस्ती बढे संगै नेपाली मुलका ब्यक्तिहरु विभिन्न राजनैतिक दल संग आवद्ध हुँदै स्थानीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

प्रतिक्रिया