२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

गैरआवासीय नेपाली संघको सचिवमा केसी र खतिवडा मनोनित

2996 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले कृष्ण संजेल-के सी, अमेरिका र धर्म राज खतिवडा, अष्ट्रियालाई सचिवमा मनोनित गरेको छ ।

संघका अध्यक्ष बिनोद कुँवरद्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

विज्ञप्ति जस्ताको तस्तै :

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको कार्यकारी सचिवालयको चैत्र २१, २०७८ (अप्रिल ४, २०२२) सोमबार बसेको बैठकको निर्णय अनुसार संघको सचिवमा कृष्ण संजेल-के सी, अमेरिका र धर्म राज खतिवडा, अष्ट्रियालाइ मनोनित गरिएको छ।

कृष्ण केसी एनसीसी अमेरिकाको २०१३-२०१५ कार्यकालको निर्वाचित संचार संयोजक (पदाधिकारी), र संघको २०१९-२०२१ को अन्तराष्ट्रिय परिषदको मानार्थ सदस्य तथा १० औं महाधिवेशनको प्रवक्ता हुनुहुन्थ्यो। त्यसैगरी घर्म राज खतिवडा एनसीसी अष्ट्रियाको पूर्व अध्यक्ष हुनुहुन्छ।

उहाँहरु दुबैजनाबाट गैरआवासीय नेपाली संघको अभियानमा ठुलो योगदान पुग्ने अपेक्षा सहित हार्दिक बधाई ज्ञापन गर्दछु।

बिनोद कुँवर

अध्यक्ष

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

अप्रिल ६, २०२२

प्रतिक्रिया