२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

भारतमा मनाइयो नेपाली सेना दिवस

411925 Shares
Spread the love

नयाँ दिल्ली। राष्ट्रिय सुरक्षा, आन्तरिक एकता र विश्व शान्तिको इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अबसरमा छिमिके मुलुक भारतमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ।

नेपाली राजदूतावास नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए।

भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा अमेरिका, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटाली, थाइलेडं, बंगलादेश, पाकिस्तान, युक्रेन लगायत ३५ भन्दा बढी देशका कुटनीतिक उच्च आयोगमा कार्यरत सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमारले नेपाल र नेपाली सेनाको सहयोगको लागि आफु सदैव तत्पर रहेको बताए। कार्यक्रममा नेपाली सेनाको इतिहास र क्रियाकलाप सम्बन्धि डकुमेन्ट्री प्रस्तुत गरि नेपाली सेनालाइ विश्व सामु चिनाउने कार्य गरिएको थियो। तेस्तै कार्यक्रममा नेपाली कल्चरल म्यूज़िक शो, नौमाती पन्चेबाजा जस्ता नेपाल र नेपालीको पहिचान झल्काउने कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एभरेस्ट ओनलाइन क्विज कन्टेस्ट प्रतियोगतीसमेत आयोजना गरिएको थियो। प्रतियोगितामा ९ कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजित गरिएको थियो। पहिलो समूहमा नयाँ दिल्लीमा कार्यरत विभिन्न मुलुकका  कुटनीतिज्ञ तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरिक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच खुल्ला प्रतियोगिता गराइएकाे थियाे।

आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका सुपुत्र आरक्ष शर्मालाइ प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल सुचिन्द्रा कुमारले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए । त्यस्तै खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुत सुबेदीले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए।

प्रतिक्रिया