53952
Shares
काठमाडौँ । मार्च २२-२५, २०२२ मा होटल याक एण्ड यति, दरवारमार्ग, काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको प्रवक्तामा कृष्ण केसी (अमेरिका) चयन भएका छन् ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा शेष घलेले १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रवक्तामा कृष्ण के सी (अमेरिका) लाई मनोनयन गरेका हुन् ।
उनि संघको अन्तराष्ट्रिय परिषदको मानार्थ परिषद सदस्य पनि हुन् ।
त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१३-२०१५ को लागि निर्वाच मिडिया कोअर्डिनेटर थिए ।
हुँदै आएका २०१९-२०२१ कार्यकालको लागि संघको मिडिया एण्ड पब्लिकेशन कमिटीको सहसंयोजक पनि हुन् ।