२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

एनआरएनए स्कटल्याण्डद्वारा नेपाली राजदुत आचार्यसंग बिशेष भेट

1957 Shares
Spread the love

लण्डन।गैर आवासीय नेपाली संघ (एनआरएनए)राज्य समन्वय परिषद स्कटल्याण्डका प्रतिनिधिहरुले नबनियुक्त बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्यलाई एक विशेष भेट गरी स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका छन्। मार्च १५ का दिन लन्डन स्थित नेपाली दूतावासमा उक्त विशेष भेट गरेका हुन्।

 

उक्त अवसरमा राजदुत आचार्यले टाढाबाट आएकोमा धन्यवाद प्रकट गर्नुका साथै सिमित स्रोत साधनको बावजुत पनि बेलायतबासी आम नेपालीहरुको पहुच दूतावाससम्म पुर्याउने र हरेक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता गर्नु भयो। राज्यपरिषदका अध्यक्ष काशिराम भन्डारीले स्कटल्यान्डबासी नेपालीका समस्या र जनचासोका बारेमा कुरा राख्दा पुर्ब राजदुत लोकदर्सन रेग्मीले स्कटल्यान्डमाआबधिक घुम्तिसेवा दिने कुरा लाई निरन्तरता हुनुपर्ने कुरा राख्नु भएको थियो।

उक्त भेटघाट कार्यक्रममा उपनियोग प्रमुखरोसन खनालले नयाँ पासपोर्ट लगायत सो सम्बन्धीका अन्य कार्यमा आबस्यक पर्ने नयाँ प्रविधिले गर्दा अलि ढिला भएको तर यसै बर्षको मे २१ र २२का दिन स्कटल्यान्ड मा घुम्तिसेवा उपलब्ध गराउने कर्यक्रम रहेकोजानकारी गराउनु भयो। उक्त भेटघाट कार्यक्रममा नियोग उप प्रमुखरामबाबु नेपाल को पनि सहभागिता रहेको थियो । भेटघाटका क्रममा उहाले गत COPE 26 विश्व सम्मेलन का बेला प्रधानमन्त्री को स्कटल्याण्ड भ्रमण सफल बनाउनस्कटल्यान्ड राज्य परिषद र ब्यक्तिगत रुपमा अध्यक्ष भन्डारीले गर्नु भएको सहयोगलाई उच्च प्रसंशा गर्नु भएको थियो।

 

छलफलका क्रममा परिषद का उपाध्यक्ष उज्वल कार्की ले नेपालबाट युके सिधै हवाई मार्ग जोड्न पाए कोबिड ले थलिएको नेपाली अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने र अरु धेरै क्षेत्रमा पनि ढाेका खुल्ने कुरा राखेका थिए।

यसैक्रममा स्कटल्यान्ड बासी नेपाली हरु राजदुत लाई स्कटल्यान्डमा स्वागत गर्न इच्छुक रहेको यथार्थ ब्यक्त गरेका थिए । प्रतिनिधि मन्डलमा सहभागि परिषदकि कोषाधक्ष्यशर्मिला भन्डारीले दूतावास मार्फत स्कटल्यान्डमा सन्चालन गरिने जुनसुकै कार्यक्रममा पुर्ण सहयोग र सहभागिता हुने बतएकी थिइन । परिषदका प्रतिनिधिहरुले आफुले गरेका कृयाकलापको जानकारी गराउने क्रममा केहिदिन अघिमात्र अध्यक्ष भन्डारी स्वयम् आफै पोल्यान्ड गएर युक्रेन र रसिया युद्धको चपेटामा परि बिस्थापित भएका नेपालिहरुलाइ स्कटल्याण्ड राज्य परिषदको तर्फबाट आर्थिक सहयोग ३ हजार पाउन्ड उपलब्ध गराएको कुरा जानकारी गराए।

 

कार्यक्रमको अन्तमा राजदुत तथा नियोग प्रमुख , उपप्रमुख लाई खादा तथा उपहारले स्वागत गरेका थिए।

 

 

प्रतिक्रिया