२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने

12767 Shares
Spread the love

काठमाडौँ (जस )-गैरआवासीय नेपाली संघ एनआरएनएको इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ।

‘परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग हामीले कसरी सहकार्य गर्न सक्छौं? मन्त्रालयले त यो कार्यसमिती खारेज गरिसकेको छ नी मन्त्रालयका एक उच्च अधिकारीले प्रश्न गरे।

‘उनले बर्तमान कार्यसमिती र अध्यक्ष पन्तले मुद्दा फिर्ता लिएर माफी मागेमा मात्र त्यस बारे केहि सोच्न सकिने ती पदाधिकारीले बताए ।‘मन्त्रालयले महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिएपछि पन्त उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दा उपर अन्तिम फैसला हुन भने बाकी छ ।

यसै बीच संघका कामचलाउ अध्यक्ष , कामचलाउ महासचिव लगायतको मिलेमतोमा संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार गराएका छन् ।

अघिल्ला अघिल्ला अधिवेसनको पत्रलाई किर्ते गरि परराष्ट्र मन्त्रालयको बदनाम गरिएको एक एनआरएनए पदाधिकारीले नै बताए ।

परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तो कुनै समिति गठन नगरिएको जनाउदै तेस्ता किर्ते कागजातको छानविन गरि कारवाही अगाडी बढाईने जनायो ।

सँस्था नै दर्ता रहेको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध नै परराष्ट्र मन्त्रालय यहाँका जिम्मेवार पदाधिकारी बिरुद्द अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग मन्त्रालयले सहकार्य नगर्ने मन्त्रालय स्रोतले दावी गर्यो । स्रोतले भन्यो बर्तमान कार्यसमिती त परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको छ ।

प्रतिक्रिया