1441
Shares
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाडौँमा हुने भएको छ ।
सो अबधिमा हुने निर्वाचन मुल्याङ्कन गर्नको लागि संरक्षक परिषदले मार्च १४, २०२२ का दिन ५ सदस्य निर्वाचन अनुगमन समिति गठन गरेको छ ।
महाधिवेशनको नेतृत्व चयनको लागि सम्पन्न हुने निर्वाचन मुल्याङ्कन गर्नको लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।
अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली रहेका छन् ।