२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

बुद्ध फाउन्डेसन् युकेद्वारा नवनियुक्त राजदुतसँग भेटघाट तथा छलफल

24455 Shares
Spread the love

लण्डन । बुद्ध फाउन्डेसन युकेले नवनियुक्त बेलायतका लागि नेपाली राजदुत ज्ञानेन्द्र आचार्यलाई संस्थाका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा बेलायतमा स्वागत र कार्यकाल सफलताको कामना गर्दै स्वागत कार्यक्रम गरेको छ ।

बुद्ध फाउन्डेसनका उपाध्यक्ष अर्जुन कटुवालले संस्थाको परिचय दिदै स्वागत गर्दै कार्यक्रम संचालन गरेका  थिए ।

सोहि अवसरमा दुतावासका ऊपनियोग प्रमुख श्रीमती रोशन खनालले बुद्ध फाउण्डेशले बिगतमा गरेका कामहरुको तारिफ गरेकी थिइन्  ।

बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले संस्थाको गतिबिधी प्रकाश पार्दै नव नियुक्त राजदुतलाई बुद्ध फाउण्डेशन यूकेको लोगो र खादा लगाएर स्वागत गर्दै आगामी बुद्ध जयन्ती कार्यक्रम गर्ने र आगामी दिनहरुमा सधैं पहिलाको जस्तै राजदुताबाससँग बुद्ध जयन्ती कार्यक्रममा सहकार्य गर्दै जाने आशा ब्यक्त गरेका थिए।

त्यसै गरी कार्यसमिति सदस्यद्वय अर्चना गुरूङ र अन्जना थापाले पुष्पगुच्छा र कार्ड दिएर राजदुतलाई बेलायतमा स्वागत गरेका थिए।

 

उक्त कार्यक्रममा राजदुत आचार्यबाट नेपाली कला सॅंस्कृती र बुद्ध तथा नेपालको प्रबर्धन गर्ने कार्यमा बुद्ध फाउन्डेसन सँग सहकार्य गर्दै सदाझै बुद्ध जयन्ती मनाउने र अझ बिबिध क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता गरेका थिए।

आचार्यले बुद्ध र अशोक स्तम्भ लगायत प्रकाश पार्दै आफ्नो अनुभब एबम यू एन तथा अमेरिकामा समेत बिभिन्न राष्ट्रहरुले बुद्ध जयन्ती मनाएको अनुभब बताउदै बेलायतमा पनि एतिहासिक स्थान मा बुद्ध जयन्ती मनाउनु उपयुक्त हुने बताए ।

उक्त कार्यक्रममा आउदो बुद्ध जयन्ती कार्यक्रम गर्न बिशेष छलफल गरिएको थियो । बुद्ध फाउण्डेशन ले बिगत बि.स.२०१७बर्ष देखि ट्राफगल स्क्वायरमा बुद्ध जयन्ती मनाउदै आएको छ । बिगत २ बर्ष मा भने कोरोनाको महामारीले गर्दा जुम मार्फत कार्यक्रम आयोजना गरेको थियो ।

 

उक्त कार्यक्रममा संस्थाका सचिब सुरेन रूपाखेती , सह- कोषाध्यक्ष निरन्जन खड्का, युबा संयोजक किशोर राना मगर, सोसिएल मिडिया कोर्डिनेटर दीपक माईथाने मगर, कार्यसमिति सदस्य मिन बहादुर पुन तथा समाजसेबी गोबिन्द बेलबासे साथै सिद्धार्थ अधिकारि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया