२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

एनआरएनए मलेसियाले माग्यो केन्द्र संग सदस्यता शुल्क फिर्ता

2228 Shares
Spread the love

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले केन्द्रीय सचिवालयसँग सदस्यता शुल्क फिर्ता मागेको छ। एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापा र महासचिव रंजित क्षेत्रीले कामचलाउ अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै सदस्यता शुल्क फिर्ता मागेका हुन्।

‘वर्तमान कामचलाउ नेतृत्वले विधान विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने, ७० प्रतिशत सदस्यहरुले बिरोध गर्दा पनि एनसीसीहरुलाई तेत्तीकै दबाब दिने, विधानको अपव्याख्या गर्ने जस्ता कामहरु गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा लेखिएको छ।

‘वर्तमान नेतृत्वले संस्था र यसका सदस्यहरुको हित सुनिश्चित गर्न सक्छ भन्ने विश्वास नभएकाले हामीले एनसीसी मलेसियाको तर्फबाट केन्द्रमा पठाएको सदस्यता शुल्क अविलम्ब एनसीसीमै फिर्ता पठाइ दिनु हुन अनुरोध गरेका छौ अध्यक्ष थापाले बताए । हाल जारी विवाद समाधान गरी विधिसम्मत रुपमा नयाँ नेतृत्व चयन भए पछि हामीले सदस्यता शुल्क फेरि केन्द्रलाई पठाउने जानकारी गराउँ छौं,’ महासचिव क्षेत्रीले भनेका छन्।

हेर्नोस् एनआरएन मलेसियाका अध्यक्ष थापा र महासचिवले लेखेको पत्र :

प्रतिक्रिया