२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

एनआरएनएमा नोमिनेशनको म्याद थप, चुनाव पर स-यो

1296 Shares
Spread the love

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकन तीन दिन थप गरिएको छ ।

निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेशन गर्ने म्याद शुक्रबार ( ११ मार्च ) नेपालको समय अपरान्ह ५ बजे सम्म को लागि बढाइएको जनाएको छ ।

त्यस्तै अनलाइन मतदानका लागि मार्च २१ र २२ तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए ।

तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन ।

गैर आवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ति एक पक्षीय निर्वाचन कार्यक्रम अगाडी बढ़ाइए पछि त्यसको संसार भरि कडा विरोध भै रहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।

गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर अध्यक्ष पन्तले संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग भएको दावी गरेका थिए ।

तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले विधान विपरित बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानूनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।

प्रतिनिधि सम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनु पर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन ।

प्रतिक्रिया