२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

उच्चस्तरीय समितिका संयोजक शेष घलेले बुझाए प्रतिवेदन, उपेन्द्र महतोले दिए राजीनामा

11287 Shares
Spread the love

काठमाडौँ (जीएनएन) — गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएका छन्।

 

नेपालको समय अनुसार बुधबार बिहान बसेको बैठकमा अध्यक्ष घलेले आफ्नो प्रतिवेदन बुझाएको समितिका एकजना सदस्यले बताए।

 

उनका अनुसार प्रतिवेदनमा संयोजक घलेले संघका उपाध्यक्ष सोनाम लामाले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा २,६४३ प्रतिनिधिहरुलाई मात्रै मान्यता दिनु पर्ने जनाएका छन् । उनले ६५ प्रतिशत तथा २५ प्रतिशत प्रतिनिधि छनोट पनि विधान बमोजिम गर्न सुझाव दिएका छन् । ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने बारे केन्द्रीय सचिवालयको सहयोगमा उपाध्यक्ष लामाले छानबिन गरेका थिए ।

 

यस अघि अध्यक्ष कुमार पन्तले ३,६०० बढी प्रतिनिधिको नामावली निर्वाचन समितिलाई बुझाएका थिए। निर्वाचन समितिले आगामी मार्च २१-२२ मा संघको नयाँ केन्द्रीय कार्य समिति चुन्न निर्वाचन गराउने घोषणा गरेको छ । तर कुल आचार्यले नेतृत्व गरेको पक्षले प्रतिनिधि विवाद समाधान नभए सम्म चुनावमा भाग नलिने अडान राख्दै आएको छ।

 

महतोको राजीनामा

 

यसैबीच संस्थापक अध्यक्ष महतोले उच्चस्तरीय समितिबाट राजीनामा दिएका छन्।

संयोजक घलेले बुझाएको प्रतिवेदन उपर असहमति जनाउदै महतोले राजीनामा दिएको बताइएको छ।

 

उच्चस्तरीय समितिको अर्को बैठक बुधबार बेलुका बस्ने बताइएको छ।

प्रतिक्रिया