10002
Shares
काठमाडौ – गैरआवासीय नेपाली संघका आइसिसी सदस्य तथा यूरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार चिन्तामणी सापकोटाले जनवरी १५, २०२२ मा भएको ८१ औं बैठकको निर्णयलाइ तोडमोड नगरी कार्यान्वयनमा लागौं भनेका छन् ।
लामो समयपछि भएको यो निर्णयलाइ तोडमोड गर्न नहुनेमा जोड गर्दै सापकोटाले निर्णयको कार्यान्वयनमा लाग्न आग्रह गरेका हुन् ।
सापकोटाले सामाजीक सञ्जाल मार्फत संघको बैठक बसेर निर्णयको माइन्यूट सम्म सर्कुलर नगरी मिडियामा आफ्ना तर्क कुतर्क गर्दै हिंड्ने पदाधिकारी नै अधिबेशनका बाधक हुन ।
महासचिवले निर्णयलाई कार्यान्वयन गर्न लाग्ने हो, वक्तब्यबाजी गर्दै हिंड्ने होइन, पवृत्ति नसच्चिए हामी पनि लेख्न र बोल्न बाध्य हुनेछौ । निर्णयलाई रेकर्ड अनुसा जाउँ, तोडमोड नगरी कार्यान्वयनमा लागौ, उनले भनेका छन् ।