अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि) को ८१ औं बैठकका निर्णय भन्दा फरक कुरा मिन्यूटको ड्राफ्ट भन्दै २०१९-२०२१ का महासचिव डा हेमराज शर्माले पठाएका छन ।
बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवद समाधान गरेर महाधिवेशन र निर्वाचन समेत गर्ने जिम्मेवारी बिस्तारित संरक्षक परिषदलाइ दिएको छ। आर्थिक र सांगठानिक गरी २ प्रतिवेदन महाधिवेशनमा पठाउनको लागि पारित गरेको छ। तर बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको छैन। निर्णय नै नभएको कुरालाइ उनले जापानको कुरालाइ निर्णय# ५.४ मा थपेर पठाएका छन्।
उसै पनि परिषदको सो बैठकमा कतिपय उपस्थित भएका थिएनन। यस्ता तोडमोड गरेर पठाउने कामले उनको किर्ते बानीलाइ फेरी पनि उजागर गरेको छ। तर पनि निर्णयबारे बैठकमा उपस्थित दर्जन भन्दा धेरै जनालाई सोधियो, प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेल पनि हेरियो। तर उनले थपेर पठाएको निर्णय कतै पनि उल्लेख भएको छैन।
किर्ते बानी परेका शर्माले यो कुरा थपेर पठाए। यसबारे सो बैठकको अध्यक्षता गरेका कुमार पन्तले जवाफ किन दिएनन त्यो भने रहश्यको कुरा रहेको छ। उनि यस्ता कुरामा बेखर किन छन् ?
गैरआवासीय नेपाली संघको लामो इतिहास देखि रहँदै आएका शर्माको किर्ते गर्ने, यसरी कुरा बदल्ने काम चाहि पुरानै हो। संघ दर्ता हुनु पहिला २०१३ सम्म त उनि बिधान नै वेबसाइटमा फरक फरक पोष्ट गर्दिनथे।
उतै पनि निर्णय र बिस्तारित संरक्षक परिषदलाइ दिएको Terms of Reference (TOR) लाइ पनि तोडमोड गर्ने पक्षमा उनि रहेका छन्। केहि एमाले नजिक मिडियासंग उनले सोहि अनुरुप कुरा राखेका छन्। संघका धेरै व्यक्तिहरुले यो पटक शर्मालाई संघबात रिङ्ग आउट गर्नेपर्ने कुरा समेत बताउन थालेका छन्।