२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

बिचौलियाहरुलाई प्रयोग गरेर एनआरएनए कब्जा गरौंला भन्ने दिवासपना कसैले नदेखे हुन्छ : आचार्य

16879 Shares
Spread the love

काठमाडौं – गैर आवासीय नेपाली संघका यूरोप संयोजक तथा सचिव पदका उम्मेदवार नारायण आचार्यले कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको बताएका छन् ।

नक्कली ७ बुँदे सहमति बाहिरिएसँगै आचार्यले सामाजीक सञ्जालमार्फत कुल टिमबाट कुनै सम्झौता र सहमति नभएको बताएका छन् ।

कसैले हस्ताक्षर गरेको भए त्यो कुल टिमको नभई ब्यक्तीगत भएको र त्यसको कुनै अर्थ नरहेको पनि उनले बताए ।

आचार्यले भने : सामाजिक संजालमा भ्रामक सन्देश सम्प्रेषण गरेर आम जनमानसलाई भ्रममा पर्ने प्रयास गर्नेहरु आफै नाङ्गेझार हुनेछन् । एनआरएनएलाई बिधि, विधान र पद्धतिमा नभई बिचौलियाहरुलाई प्रयोग गरेर कब्जा गरौंला भन्ने दिवासपना कसैले पनि नदेखे हुन्छ।’

‘नयाँ जनादेश प्राप्त एनसिसीहरुलाई नजर अन्दाज गर्नेहरु आफैले खनेको खाल्डोमा पुरिने निश्चित छ’, सामाजीक सञ्जालमा आचार्यले लेखेका छन् , ‘एनआरएनएभित्रको फोहोरलाई सफा गर्ने अवसर हो यो । यो सबै एनआरएनएका सुभचिन्तकहरुलाई भ्रममा नपर्न अपील गर्दछु। साथै कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको जानकारी गराउन चाहान्छु ।’

प्रतिक्रिया