जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको २०२१ को निर्वाचनमा केन्द्रिय तथाकथित एमआइएस एपको दुरुपयोग गरेर चरम धाँधली गरेर एकापक्ष जितेको घोषणा गरेपछि एनसीसी जापानको २०१९ कै कार्य समितिले पून: निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको छ।
सदस्यताको केन्द्रिय एमआइएस (सिष्टम) मा जबर्जस्ति सदस्यता बनाउन लगाइयो। मनलाग्दी रुपमा बिधार्थी र जो कोहीलाई पनि सदस्य बनाइयो। १७०० भन्दा धेरै फर्जी मत संसारका थुप्रै देश भारत, नेपाल, संघको मुख्यालय समेतबाट मत खसाइयो। पुरै नियन्त्रणमा लिएर चुनाव पनि मनपर्दी रुपमा चरम धाँधली गर्दै एकापक्ष रुपमा कसैलाई जितेको घोषणा गरियो।
यसको बिरोधमा आवाज उठाइयो। केन्द्रले कति पनि सुनेन। अनुसन्धान गर्दा आइटी टिमले दिएको रिपोर्टले नै प्रष्ट रुपमा चरम दुरुपयोग गरेको प्रतिवेदन दिएको छ। नेपाल प्रहरीको साइबर क्राइममा रिपोर्ट गरिएको थियो। तर संघका अध्यक्ष र सो एमआइएसका ठेकेदार समेत रहेका संघकै सचिव गौरी जोशीको बलले पूर्व आइजी सर्वेन्द्र खनालको समेत जोडले सो फाइल दबाएर राखिएको छ।
गत हप्ता श्रोतले दिएको जानकारी अनुसार सो फाइल एक्टिभ भएको र प्रहरीले दर्जन भन्दा धेरैलाइ बयान लिने समाचार हलिउडखबरले दिएपछि सबको बाजा बजेको थियो। गुटको बैठक बस्यो, हल्ला खल्ला भयो र तुरुन्त फेरी सोहि गुट चलाएर फाइल दबाउने प्रयास भएको छ। अब कतैबाट पनि सुनुवाई नभएपछि एनसीसी जापानको भनिएको निर्वाचन अबैध भएकाले ठहर गर्दै आफ्नो नियमित सिष्टम अनुसार नै २०१९-२०२१ कार्यकालको समितिले पुन:निर्वाचन गर्ने भएको छ।
एनसीसी जापानले नियमिति रुपमा पहिला जस्तै गतिबिधि एनसीसीको बिधान र बिधि पूरा गर्दै नयाँ नेतृत्व चयन गर्ने भएका छन्।उनीहरुले यसको जानकारी केन्द्रिय अध्यक्ष कुमार पन्तलाइ समेत दिएका छन्।
बक्तब्य जस्ताको तस्तै
एनआरएनए जापान २०१९-२०२१ को कार्यसमिति लाइ अर्को निष्पक्ष निर्वाचन नहुन्जेल सम्म निरन्तरता दिने सम्बन्धि २०१९-२०२१ कार्यसमितिको बक्तब्य
सम्पूर्ण जापान बासी नेपालीहरुमा हार्दिक नमस्कार ।
२०२१ जुलाई ३० तारिखको एन आर एन जापानको निर्बाचन एउटा गलत ढंग ले एम आइ एस सिस्टमको दुरुपयोग,कम्युटर सेटिंग,अन्य देश बाट मतदान,बिधार्थी लाइ गैर कानुनि रुपमा मतदान,१७०० नक्कली मतदाताको प्रयोग गरि संसार नै लज्जित हुने गरि गरिएको चरम धाधली लाई आई सि सि ले गठन गरेको छानबिन समितिले समेत धाधली भयो भनी पुस्टि सहित प्रतिबेदन आई सकेको अवस्था रहेको सबैमा अबगत नै छ।
यसै क्रममा हामी जापानबासी एन आर एन ए को बृहत सदस्यहरुले आई सि सि को केन्द्रिय समिति र पदाधिकारी समेत लाई बारम्बार कैयौं पटक निबेदन गरिएको अबस्थामा पनि आई सि सि ले कुनै पनि निर्णय नगरी केन्द्र नै समस्याग्रस्त र बिधि बिधान बिपरित एक पछि अर्को गलत काम हरु गर्दै आई सि सि नै एतिहासिक संकटको घडिमा परिरहेको देखिन्छ।
यो अवधिमा एन आर एन ए हेड अफिस काठमाडौंमा का. बा. अध्यक्ष अनिता गुरुङ सहितको टिमले अध्यक्ष कुमार पन्त सँग भेट गरि समस्या समाधानको लागि पटक पटक पहल गरेको। भेट्मा वहाँले जापानमा भएको निर्वाचनमा आफ्नो मताधिकार बाट बन्चित मतदाताहरुको उचित सम्बोधन हुने गरि निस्पक्ष निर्वाचनको पक्षमा आफुरहेको बताए पनि त्यस्लाई कुल्चिदै जापानबासी नेपालीहरुलाई भ्रमको भूमरिमा राखि यहाँको नेपालीहरुलाई ध्रुबिकरण गर्ने निरन्तर प्रयास गर्नुको साथै जापानबासी नेपालीहरुको भाइचारा को निरन्तरता र सम्पूर्ण मतदाताको सम्मान गर्दै अगाडि बढ्न यो वाध्यत्माकारी परिस्थितीको सृजना भएको अवगत गराउदछौ।
झन्डै ५ महिना बिती सकेको यो संकटकालिन समयको दुरुपयोग र संस्थाको निती मुल्य मान्यताको उपहास गर्दै केहि व्यक्ति हरुले एन आर एन ए जापानको नाम लाई समेत दुरुपयोग गरि जापानमा नेपाली-नेपाली बीच फाटो ल्याउने दुस्प्रयास निरन्तर राखी रहेको अबस्थामा यसलाई मध्यनजर गर्दै हामी बहुमत कार्यसमिति सदस्यहरु २०१९ -२०२१ एन आर एन जापान कार्य समितिले बिभिन्न चरणको छलफल,अग्रजहरुको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै सम्पूर्ण मतदाताको मतको सम्मान सहित निस्पक्ष निर्वाचन नहुन्जेल सम्म यहि कार्यसमिति लाई निरन्तरता दिई २०१९-२०२३ एन आर एन ए जापानको निरन्तरता दिने निर्णय गरेका छौ।
साथै यो संकटको घडि बाट एन आर एन ए जापानलाई पार लगाउन जापान बाट बिभिन्न पद्को नेतृत्व गरिसक्नुभएका र गर्न खोज्नु भएका अभियन्ता ज्युहरु यहाँ कृयाशिल सँघ संस्था ,मिडिया कर्मि,राजनीतिक कर्मी लगायत सम्पूर्ण नेपाली समाजलाई एकत्रित भइ सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौ।
समस्त जापानबासी नेपाली दाजु भाई दिदी बहिनी आमा बुवाहरुको साथलाई सधै आत्मा साथ गरेर यस उप्रान्त केवल नेपाली र नेपाली को विकास र सम्बर्धनमा एक्यबदाता जनाउन चाहन्छौ।