काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाजले ७ सदस्यीय संरक्षक समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। समाजले, समाजका निवर्तमान अध्यक्ष नानु काजी अर्याल, प्रो. डा. पदम सिमखडा, प्रो. डा. अर्जुन अर्याल, लोक प्रसाद दाहाल, रामशरण सिमखडा, आर के त्रिपाठी, अर्जुन धरेल लाई मनोनित गरेको छ ।
त्यस्तै गरि अन्तर्राष्ट्रिय धादिङ समाजले २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। सल्लाहकारमा मनोज गोर्खाली, उल्का घिमिरे ,भूबन गुरुङ, प्रकाश धमला, कृष्ण प्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट,निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामांग, बाल कृष्ण श्रेष्ठ, प्रमोद भट्ट, तेज अर्याल, रबिन्द्र अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरबि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नर बहादुर घले, मनोज थापा लाई मनोनित गरिएको छ ।
कार्यसमितिको यस अघिको बैठकले संरक्षक समिति तथा सल्लाहकार समिति मनोनित प्रक्रियामा सस्थाका अध्यक्ष राजन खकुरल र महासचिव राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।