२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

एनआरएनएका कामचलाउ अध्यक्ष पन्तले संघ फोर्न पहिलो कदम सुरु गरे

1069 Shares
Spread the love

काठमाडौँ-गैरआवासीय नेपाली संघका कामचलाउ (काच) अध्यक्ष कुमार पन्तले नै निर्वाचन अचारसंहिताको खुलेआम उल्लङ्घन गरेका छन्। यति मात्र होइन संघको बिधि र सबै कुरा तोडेर संघ फोर्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाइ निर्देशन गरेका छन्।

निर्वाचन समितिले गत ३० नोभेम्वरमा निर्वाचन कार्यतालिका प्रकाशित गरि सकेपछि उनले संघका सबै भन्दा बढी पन्जिकृत सदस्यहरु भएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु अमेरिका, अष्ट्रेलिया र युके लगायत एनसीसीहरुलाई पत्र लेख्दै २५ प्रतिशत डेलिगेट्स सूची पठाउन भनेका छन्। तर उनले निर्वाचित भएका २५% प्रतिनिधि मान्दिन त्यसमा निहुँ खोज्ने बाटो राख्दै लेखेका छन्।

निर्वाचन समितिले सोमबार (डिसेम्बर ६ तारिख) मतदाता नामावली प्रकाशित गर्ने सार्वजनिक सूचना प्रकाशित गरि सकेको छ। तर उक्त सूचनाको धज्जी उडाउंदै संघको इतिहासमै सबै भन्दै असक्षम प्रमाणित भै सकेका पन्तले ती एनसीसीहरुलाई मेल पठाएका छन्। पत्रमा उनले ती एनसीसीहरुले २५ प्रतिशत सेग्मेंटमा पठाएको सदस्यता विधान अनुकूल नभएको दावी गर्दै दुइ दिन भित्र पुन:नामावली पठाउन भनेका छन्। तर अध्यक्षहरुले भने आफुहरुले विधानसम्मत ढंगले नै नामावली पठाएको जनाउंदै आएका छन्।

स्मरणीय कुरा संसारका सबै एनसीसी मध्ये अमेरिकामा पूर्ण प्रजातान्त्रिक भोटिङ्गद्वारा, अष्ट्रेलिया र दक्षिण कोरियामा मात्र निर्वाचनद्वारा सो चयन गरिएको हो। अब तिनै एनसीसीको कुरा भएन भन्नु भनेको संघ फोर्ने पहिलो निर्देशन हो।

एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले भने, युकेको निवर्तमान कार्यसमितिले कसैसंग सरसल्लाह नगरिकनै ६५ प्रतिशत मतदाता नामावली पठाएकाले हामीले अगष्ट महिनामै ६५ प्रतिशत र २५ प्रतिशत नामावली विधान सम्मत ढंगले केन्द्रलाई पठाई सकेका छौँ। अहिले निर्वाचन तालिका प्रकाशन भै सके पछि हामीसंग फेरी नामावली माग्ने काम बदनियतपूर्ण रहेको हाम्रो ठहर छ,” एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले भने।

यसै गरी एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले भने, दिनको एक पटक लिष्ट पठाउने कुरा भएन, तोकिएको समय र बिधानले भनेको अनुसार नै एनसीसी अमेरिकाले प्रतिनिधिको विवरण पठाएको छ। अब फेरी के खोजेको हो आफूले नबुझेको कुरा बताए।

त्यस्तै २०१९-२१ का मानार्थ सदस्य शनि कुमार ओलीले लेखेका छन्, यो दुनियाँमा आफुले भन्दा अरु कसैले एनआरएन बुझेको छैन भन्ने एनआरएनएका विद्वान मित्रहरु के यस्तो बिरोधाभाषपूर्ण सूचनाले निर्बाचन गर्ने नियत सहि छ भनेर भन्न सकिन्छ? यहि हो तपाइहरुले सिकेको पद्धति अनि तपाले ब्याख्या गर्ने बिधान ? एनआरएनए को सत्तामा बसेर चलायको डन्डाले मात्र चुनाब हुन्छ ??

प्रतिक्रिया