स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निवार्चित भएका छन् ।
हालै सम्पन्न समितिको छैठौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन पनि गरेको छ ।
समितिको अध्यक्षमा सन्तोष श्रेष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद अधिकारी , शिव उपाध्याय ,महामन्त्रीमा विनय अधिकारी ,सह-महामन्त्रीमा दिपक आचार्य, कुल चन्द्र पन्थी तथा सदस्यहरुमा कृष्ण पौड्याल, श्रीराम चन्द्र भट्ट , मनिषा भट्ट अधिकारी , भिम कुमार गुरुङ , कविता दाहाल भट्टराई, सबिता खत्री क्षेत्री बानिया , मुकेश कुमार शाही निर्बाचित भएको निर्वाचन समितिका संयोजक अनिल गुरुङले जानकारी दिएका छन् ।

साथै अधिबेशनले ६ जना केन्द्रिय महाधिबेशन प्रतिनीधीहरु चिन्तामणी सापकोटा, सन्तोष श्रेष्ठ , राम सापकोटा , शिब उपाध्याय , नारायण भट्टराई र रामकृष्ण पुडासैनीलाई समेत निवार्चित गरेको छ ।
सन्तोष श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त नयाँ कार्यसमिति तथा केन्द्रिय प्रतिनीधीहरु सर्वसम्मत रुपबाट चयन गरिएको हो ।
नेपाली कांग्रेसका सभापती शेर बहादुर देउबाको प्रमुख आतिथ्यमा तथा जनसम्पर्क समिति बिभागीय प्रमुख तथा केन्द्रिय सदस्य गोबिन्द भट्टराईको बिशेष आतिथ्यतामा रहेको उक्त कार्यक्रममा जनसम्पर्क समिति स्पेनका सस्थापक सभापति चिन्तामणी सापकोटा केन्द्रिय प्रतिनिधि पुष्प भण्डारी आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, जसस जर्मनीका पुर्ब सभापती दिल गुरुङ जसस नेदरल्याण्डका सभापती नारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिकराम डुम्रे तथा स्पेन स्थित बिभीन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।