काठमाडौँ — गैर आवासीय नेपाली संघका कामचलाउ अध्यक्ष कुमार पन्तले अदालतमा विचाराधीन मुद्दालाई आफ्नो पक्षमा पार्न काठमाडौँका दुइ जना कुख्यात बिचौलियालाइ प्रयोग गरिरहेको विश्वस्त सूत्रबाट थाहा भएको छ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोको पहलमा र पूर्व अध्यक्ष जिबा लामिछानेको निर्देशनमा सरसल्लाह गरे पछि पन्तले दिपक तिमल्सेना र राणा थरका बिचौलियालाई मुद्दाको फैसला प्रभावित पार्न जिम्मा दिएको पन्त निकट सूत्रले जनायो।
बिचौलियाको सल्लाह बमोजिम नै सर्वोच्चमा नगएर पन्तले उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्न लगाएको थाहा भएको छ। प्रमुख संरक्षक शेष घले तर्फका वकिललाई इजलासमा बोल्न नदिन ठुलै प्रयास गरिएको थियो। तर इजलासले उनको कुरा सुने पछि आइतबार (५ डिसेम्बर) परराष्ट्र मन्त्रालय समेत दुवै पक्षलाई आफ्नो प्रमाण सहित उपस्थित हुन भनेको छ।
आइतबार डिभिजन बेञ्च अर्थात् २ जना न्यायाधीशहरुको इजलासमा बहस हुने छ। तर त्यस भन्दा अगाडी नै कामचलाउ अध्यक्ष कुमार पन्तले संस्थाको कुनै पनि निकायबाट नेपाल सरकार विरुद्ध मुद्दा गर्ने भन्ने निर्णय नगराएको सार्वजनिक भएकाले उनले दायर गरेको मुद्दा संस्थाको तर्फ बाट नभै व्यक्तिगत बन्न पुगेको छ। तर व्यक्तिगत मुद्दालाई पनि संस्थाको तर्फबाट दायर गरिएको देखाउन र जसरि पनि मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न बाट रोक्न पन्तले ठुलै रकम खर्च गरी दुइ जना बिचौलिया प्रयोग गरेका हुन्।
परराष्ट्र मन्त्रालयले पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिको कार्यकाल पुरा भै सकेको भन्दै संघको संरक्षक परिषद्लाई दशौँ महाधिवेशन गराउन जिम्मेवारी दिएको थियो। तर मन्त्रालयको उक्त निर्देशन कानून विपरित रहेको दावी गर्दै पन्त अदालत गएका थिए। पन्तले अदालतलाई गुमराह गर्न र सर्वसाधारण एनआरएनको ५ लाख रुपियाँ खर्च गरी मुद्दा गरे पनि सम्मानित उच्च अदालत, पाटनले संस्थाको विधान बमोजिम नै न्याय दिने लाखौं एनआरएनहरुले आशा र भरोसा राखेका छन्।
अदालतमा बिचाराधिन मुद्धालाई प्रभाव पार्नेगरि चुनाव घोषणा
यसै गरि कामचलाउ अध्यक्ष पन्तले सरकार बिरुद्ध गरेको व्यक्तिगत मुद्धा पाटन उच्च अदालतमा विचाराधिन हुँदाहुँदै निर्वाचन समितिलाई हठात दबाब दिएर निर्वाचन तालिका सार्वजनिक गरिनुले संघको विवाद समाधान गर्ने पक्षमा नरहेको प्रस्ट देखिएको संघका ७० प्रतिशत बढी एनसिसि द्वारा आयोजित सम्मेलनले निस्कर्ष निकालेको छ ।
जवकि डेलिगेट छनौट विवाद, बिधान सम्बन्धि विवाद समाधान नगरि , पररास्ट्रमा परेका उजुरी, जापान , जर्मनमा अदालतमा परेका उजुरी र गडबडीको समाधान नगरी चुनाव हुने स्थिति छैन । संस्था बिभाजन गरेर पनि संघको १० अरबको योजना आफुले राख्ने योजनाले यति तल सम्म गिरेको एक नव निर्वाचित आइसीसी सदस्यसले कार्यक्रममा आरोप लगाएका थिए ।
विवादहरुलाई सुल्झाउने प्रयत्न नगरी पन्त एक पछि अर्को अदालतको अवहेलना गर्ने क्रियाकलाप प्रति सम्मेलनले खेद ब्यक्त गरेको थियो ।
यसै गरि अदालतमा बिचराधिन मुद्धामा संघमा आइएलओको रकम घोटाला र एमआइएस दुरुपयोगको आरोप खेपेर विवादका कारक मानिएका कामचलाउ उपाध्यक्ष बद्रि केसी र कामचलाउ महासचिव हेमराज शर्माले बहस गर्ने अर्को अवहेलनाको शृंखला सुरु गरेकोमा गैर आवासीय नेपाली संघका एक आइसीसी उम्मेदवारले आस्चर्य व्यक्त गरेका छन् ।