जर्मन । नेपाली जनसम्पर्क समिती जर्मनिको पाँचौं अधिवेशन तथा निर्वाचन केन्द्रीय सम्पन्न भएको छ ।
नेपाली कांग्रेसले तोकेको केन्द्रिय प्रतिनिधि नवराज आचार्य ( नविन ) को रोहवरमा सो अधिवेसन सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्य, महामहिम राजदुत रामकाजी खडका विशेष आतिथ्य, संस्थापक सभापति तथा बिभागिय सदस्य दिल गुरुङ लगायतका अतिथि अग्रजहरुको शुभकामना संदेशबाट खुला सत्र सकिए पश्च्यात निर्वाचन आयोगले नया कार्यसमितिको गठन प्रकृया गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति जर्मनीको पाचौ अधिवेसनको निर्वाचन प्रकृयामा सहभागी संस्थापक सभापति, पुर्ब सभापति, महसमिति सदस्य, महाधिबेसन प्रतिनिधि, वर्तमान कार्यसमिति र सम्पुर्ण क्रियाशील सदस्यहरुको सहभागिता रहेको सभापतिमा शिखर खड़काले जानकारी दिए ।
नेपाली जनसम्पर्क समितिका सम्पूर्ण क्रियाशील सदस्यहरुको चाहनाले आगामी नेतृत्व सर्वसम्मत गर्दा समितिको एकता र अखण्डतालाई अझ मझबुद बनाउन भाईचारा भातृत्वको आत्मियताको बिकास गर्न आपासी सद्भाव कायम गरी नेपाली पहिचान राष्ट्रियता लोकतान्त्रिक समाजबादको मूल्यमान्यतालाई मुख्य अधारसिला बनाई नेपाली जनसम्पर्क समिति जर्मनीको पाचौ अधिवेशनको निर्वाचन समितिको साझा प्रयासले निर्विरोध सर्वसम्मत कार्यसमिति निर्वाचित भएको केन्द्रिय प्रतिनिधि नवराज आचार्य ( नविन ) ले जनाए ।
नयाँ कार्यसमिति निर्वाचनलाई संस्थागत गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी अधिवेशन सम्पन्न भएको जानकरी पाचौ अधिवेसन प्रमुख निर्वाचन आयुक्त लक्ष्मण बस्नेतले दिए ।
निर्वाचित कार्यसमितिलाई बधाई तथा सफलकार्यकालको शुभकामना दिदै निर्वाचन समितिले नेपाली जनसम्पर्क जर्मनीको अधिवेशनको सम्पूर्ण प्रक्रिया पुरा गरी केन्द्रबाट नियुक्त प्रतिनिधिको रोहवरमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाधली रहित नेपाली काङ्ग्रेसको बिधान अनुसार सबै प्रक्रियाहरू विधिवत पूरा गरिसकेको जानकारी प्रमुख निर्वाचन आयुक्त लक्ष्मण बस्नेतले दिए ।
नेपाली कांग्रेसको १४ औ महाधिवेसनको लागी नेपाली जनसम्पर्क समिती जर्मनीको पाचौ अधिवेसनबाट सर्वसम्मत निर्वाचित हुने ७ जना प्रतिनिधीहरुको नाम निम्न अनुसार छ।
निर्वाचित महाधिवेसन प्रतिनिधिहरु
१- दिल बहादुर गुरुङ
२- बिजय मोक्तान
३- शिखर खड़का
४- मानव कुमार श्रेष्ठ
५- रामजीबी पन्त
६- सिजन दाहाल
७- लोक मणि ढकाल
निर्वाचित कार्यसमिति
सभापति:- शिखर खड़का
वरिष्ठ उप सभापती:- मानव कुमार श्रेष्ठ
उपसभापती:- तेजेन्द्र कार्की
उपसभापति:- गणेश मान ताल्चाभडेल
उप सभापति :- बशन्त पाण्डे
महिला उप सभापती:- निशा दाहाल
महामन्त्री:- सिजन दाहाल
सह महामन्त्री:-रमेश ज्ञवाली
सह महामन्त्री:-उत्तम घिमिरे
सह महामन्त्री:- टिका पाण्डे
कोषाध्यक्ष:- दिपक लामा
सह कोषाध्यक्ष:- हरि प्रसाद थापा र कल्पना वाग्ले
सदस्यहरु
१-शकुंतला खनाल
२- शिब कला गुरुङ( सानु)
३-मीरा पौडेल
४-मीना कार्की
५-कृष्ण राना मगर
६-सरिता आचार्य
७-सुनिता थापा क्राह्यान
८-सुजन बर्तौला
९- जागेस्वर यादव
१०-सरिता शाही ठकुरी
११-मोहन अधिकारी
१२- बिकाश महर्जन
१३-गणेश गजूरेल
१४- इन्द्र गिरी
१५- राज अर्याल
१६- गणेश राना भाट