२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

कुमार पन्तले धम्की दिदा नि रोकिएन एनआरएनए एनसीसी अध्यक्षहरुको दोश्रो विश्व भेला

21109 Shares
Spread the love

लन्डन (जीएनएन) : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेला शुरु भएको छ ।
२०१९-२१ का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले अध्यक्ष कुमार पन्तले एकलौटी रुपमा सरकार विरुद्ध मुद्दा गर्ने निर्णयप्रति आफुहरुको सहमति नभएको जनाए। “परराष्ट्रमा दर्ता भएको संस्थाले सरकार विरुद्ध मुद्दा गर्ने, मुद्दाको लागि रू ५ लाख खर्च गर्ने अधिकार कसले दियो ? यो एकलौटी संस्था होइन। एनआरएनएलाई कमाउने संस्था बनाउनु हुंदैन।,” लामाले भने ।
“प्रमुख संरक्षक शेष घलेले इमान्दारीपूर्वक काम गर्नु भएको छ, तर अहिले उहाँको विरुद्ध हस्तक्षेप ग-यो भनेर समाचार छाप्ने काम किन भै रहेको छ? “ उनले प्रश्न गरे।
संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले निर्वाचन समितिले मंगलबार प्रकाशित गरेको निर्वाचन तालिकाले संस्थाभित्र संवादको ढोका बन्द गरि दिएको बताए। उनले अहिलेको नेतृत्व प्रतिशोधको भावनाले ग्रसित रहेको भन्दै नारायणी नदीमा नुहाएर आएका साथीहरुको चलखेलमा अहिलेको गतिविधि भै रहेको आफुले महसुस गरेको बताए। उनले कठोर भन्दा कठोर कदम लिन तयार रहन एनसीसी अध्यक्षहरुलाई आह्वान पनि गरे।
संघका पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले संस्थाको नेतृत्वको हठ र एउटा राजनीतिक आस्था वा गुटको लागि काम गरेकाले अहिलेको समस्या आएको बताए। उनले कामचलाउ अध्यक्ष कुमार पन्तलाई संस्थालाई धरासायी बनाउने काम नगर्न र सबै लाई मिलाएर लग्न आग्रह गरे। उनले सबै साथीहरुलाई संयम राखेर आफ्नो ठाउंबाट योगदान गर्न अपिल पनि गरे।
‘संस्था जोगाउन संरक्षक परिषद्’
स्वागत मन्तव्य व्यक्त गर्दै एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले महा धिवेशन प्रतिनिधि (डेलिगेट्स) विवाद अझै नसुल्झाइएको बताए। उनले आइसीसीले ल्याएका नियमहरुमा एकरुपता नभएको बताए। “संरक्षक परिषद् भनेको संस्था जोगाउन बनेको हैन र?” उनले प्रश्न गरे। उनले अहिलेको आइसीसी नेतृत्वले संस्था बचाउन सक्छ जस्तो आफुलाई नलागेको जनाए। उनले खुला छलफलका लागि आफुहरु तयार रहेको बताउंदै आइसीसी नेतृत्वले दोश्रो विश्व भेला रोक्न प्रयास गरेको भन्दै दुख व्यक्त गरे।
एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले संघमा लामो समय देखि हालीमुहाली जमाइ रहेको समूहले मुद्दा मामिला गरेर भए पनि संस्था कब्जा गरेरै छाड्ने रणनीति अपनाएको जनाए । उनले कामचलाउ अध्यक्ष कुमार पन्तले आफुले चुनाव गराउन नसके पछि संरक्षक परिषद्लाई जिम्मा दिनु पर्नेमा तानाशाही रवैया अपनाएको आरोप लगाए। उनले एनसीसी भनेका संस्थाका जग हुन् भन्दै संस्थालाई जोगाउन आफुहरु सक्रिय भै रहने बताए।
त्यस्तै एनसीसी इटालीका अध्यक्ष छबिलाल कंडेलले संस्था नै रहेन भने हामीले कुनै पनि पद लिएको कुनै अर्थ नहुने भन्दै मुद्दा मामिलाले समस्याको समाधान नहुने जनाए। उनले एनसीसीहरु आफैले कडा निर्णय गरेर अगाडी बढ्ने बेला आएको पनि बताए।
पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना गरिएको थियो।
संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको बारे पनि भेलामा छलफल भैरहेको छ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष तथा एनसीसीहरुको विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले अध्यक्षता गरि रहेको कार्यक्रमको संचालन एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले गरिरहेका छन्।

एनआरएनका नाममा भेला नगर्न कावा अध्यक्षको धम्की

गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको भेलाका नाममा कार्यक्रम नगर्न एनआरएनए केन्द्रिय कावा अध्यक्ष कुमार पन्तले पत्राचार गर्दै अटेर गरिएमा कारवाहिको धम्की दिएका छन् ।

एनआरएनए एनसिसीहरुका नाममा आजै बुधवार डिसेम्वर १ का दिन केहि एनसिसीहरुले विश्व भेलाका नाममा भर्चुवल माध्यमबाट कार्यक्रम घोषणा गरेको देखेपछि कावा अध्यक्ष पन्तले यस्तो भेला नगर्न पत्राचार गरेका हुन् ।

उनले केहि एनसिसीहरुलाई पठाएको इमेलमा आफूले समाजिक सन्जालहरु मार्फत् विश्व भेलाको नाममा कार्यक्रम गर्न लागेको जानकारि पाएकोले केन्द्रिय समितिको स्वीकृतिबिना त्यस्तो कार्यक्रम नगर्न अनुरोध गरेका छन् ।

पन्तले आफ्नो इमेल पत्राचारमा धम्की दिएका छन् “अन्यथा आइसिसी त्यस्ता एनसिसीको आबद्धता रद्द गर्न कडा कदम चाल्न बाध्य हुनसक्छ ।”

प्रतिक्रिया