२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनको विवादमा गल्ती आफुले गरेर शेष घलेलाई दोष दिनु कुमार पन्तको कायरपन हो : त्रिलोक गुरुङ

23499 Shares
Spread the love

काठमाडौँ । गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन हंगकंगका पूर्व अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता आएको भन्दै दुख व्यक्त गरेका छन् ।
संस्थापन पक्ष भएर अभिभावकको भूमिका खेलेर प्रतिपक्षलाई बिश्वासमा लिएर अघि बढ्नु पर्नेमा आफै मुद्दामामिला गर्दै हिड्ने काम दुर्भाग्यपूर्ण रहेको भन्दै आफ्ना कमिकमजोरी लुकाउन अरुलाई दोष लगाउनु कामचलाउ अध्यक्ष कुमार पन्तको अक्षम र कायरपन रहेको भन्दै खेद व्यक्त गरे ।
पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक डा. शेष घलेको नाम लिएर पटक पटक संस्थाको बेथितिको कारक रहेको भन्दै दोष लगाएका थिए ।
यस्तै गरेर पन्तले अर्का पूर्व अध्यक्ष देवमान हिराचनलाई पनि संघमा आर्थिक सहयोग गर्न नसक्ने व्यक्ति भन्दै चरित्रहत्या गरेको तथा हिराचनको इमान्दारिता र संघप्रतिको निरन्तर सहयोगको अवमूल्यन गरेको बताए। उनले कामचलाउ अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले कुनै ठूलो आर्थिक सहयोग नै नगरी संघलाई दुरुपयोग गरेर कमाइ खाने भांडो बनाएको आरोप लगाए । उनले आफुले नेपाल र नेपालीको सहयोगका लागि अहिलेसम्म करोडौं रुपियाँ सहयोग गरेको खुलासा पनि गरे।
गैर आवासीय नेपाली संघमा अधिवेशन प्रतिनिधि चयनमा चरम विवाद सिर्जना हुँदा पनि संस्थापन पक्षले सुनुवाई नगरेको भन्दै परराष्ट्रमा उजुरी परेपछि पररास्ट्रले विवाद मिलाएर सहमतिमा चुनाव गर्न सहजीकरणको भूमिका खेली रहेको गुरुङले बताए ।
पररास्ट्रको उक्त भूमिका विरुद्ध पन्तले संस्थाका सल्लाहकार र कामचलाउ कार्यसमितिको म्यान्डेट पनि नलिई एकपक्षीय रुपमा उच्च अदालत, पाटनमा मुद्दा हालेका थिए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया