२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी नियुक्त

1239 Shares
Spread the love

काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी नियुक्त भएका छन् । धादिङको, बेनिघाट रोराङ-२, छापडांडा, स्थायी घर भएका लोहनी विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका छन् ।

लोहनी प्रवक्ता नियुक्ति भएसँगै संस्था अझै बलियो हुने र आफूलगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न उत्साह बढेको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिए ।

प्रवक्तामा नियुक्ति भएसँगै समाज सम्पूर्ण धादिङवासीहरूलाई एकै ठाउँमा जोड्न थप बल पुगेको र सामाजिक सेवामा समाज अझै सशक्त भएर अगाडि बढ्ने महासचिव राजेन्द्र श्रेस्ठले बताए।

अन्तर्राष्ट्रिय धादिङ समाजको गरिमामय राख्न आफुले सकेको योगदान गर्ने प्रवक्ता लोहनीले बताए ।

‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित संस्थाले धेरै देशहरु नेटवर्क विस्तार गरिसकेको छ ।

प्रतिक्रिया