२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनपीसीसी युकेको सभापतिमा ५ जनाको उम्मेदवारी

18934 Shares
Spread the love

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था ,नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युके, को यही शनिबार हुन लागेको अधिवेशनमा ५ जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगानाका अनुसार वर्तमान सभापति युवराज गुरुङ, उपसभापति युवराज सिंह, महेश दाहाल, कोपिला सुब्बा र कार्यसमिति बाहिरबाट रिचार्ड गुरुङले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

डा. ढुंगानाले उम्मेदवारीमाथि दावी विरोध गर्ने समय शुक्रबार दिउंसो ३ बजे सम्म रहेको जनाए। उनले सो अवधिमा सर्वसम्मतिको प्रयास पनि जारी रहने बताए।

नेपाली जनसम्पर्क समिति बेलायतको पांचौं अधिवेशन यही २७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोमा हुंदैछ ।

समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा उम्मेवारी परेको डा. ढुंगानाले जनाए।

केहि पदमा निर्विरोध निर्वाचन भएको पनि उनले जानकारी दिए।

आउंदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गैरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अगाडी बेलायतमा जनसम्पर्क समिति युकेको अधिवेशन हुन लागेको हो।

प्रतिक्रिया