लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युकेको यही शनिबार हुन लागेको अधिवेसनमा ५ जनाले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
वर्तमान सभापति युवराज गुरुङ, उपसभापति युवराज सिंह , महेश दाहाल , कोपिला सुब्बा, र कार्यसमिती बाहिरबाट रिचार्ड गुरुङ हिलेसम्म सभापतिको दौडमा देखिएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतको पाचौं अधिवेशन यही २७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा हुंदैछ । सो अधिवेशनको लागि पाचै जना सभापति दौडमा देखिएका हुन् ।
वर्तमान सभापति युवराज गुरुङले अहिलेसम्म उम्मेदवारी घोषणा नगरेता पनि उनीले उम्मेदवारी दर्ता गरेपछि पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिने उनि निकट कार्यकर्ताले बताए ।
को कसको निकट :
वर्तमान सभापति युवराज गुरुङ प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् । गत महिना प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा आउदा सभापति युवराज गुरुङले पार्टीलाई दिएको योगदानका बारेमा खुलेर प्रसंशा गरेका थिए ।
वर्तमान उपसभापति युवराज सिंह पहिला सुशील कोइराला निटक मनिन्थ्ये भने अहिले उनलाई प्रकाशमान सिंह निकट मानिन्छ ।
पुर्व नेपाल घर भएका वर्तमान उपसभापति महेश दाहाल कोइराला परिवार निकट मानिन्छन् ।
उपसभापति कोपिला सुब्बा सिटौला समूह निकट मानिन्छिन् ।
बेलायती समाजमा चितपरिचती यूवानेता पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् ।