२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा रिचर्ड गुरुङले उम्मेद्वारी दिने

26135 Shares
Spread the love

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युकेको यही शनिबार हुन लागेको अधिवेसनमा रिचर्ड गुरुङले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

पुर्खौली घर खोटाङ कोलडाँडा (हाल तरहरा सुनसरी) निवासी गुरुङ सन् १९९९ मा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा पनि उनी निरन्तर गैरआवासीय नेपाली संघमार्फत बेलायतमा नेपाली समुदायको हितमा सक्रिय थिए ।

सैन्य सेवामा रहेकै बेला २०१५–१७ मा उनी एनआरएनए युकेको युवा संयोजक रहेका थिए । बेलायतवासी नेपाली युवा पुस्ताका बीचमा लोकप्रिय गुरुङ २०१७–१९ एनसीसीको सल्लाहकार रहेका थिए ।

युवाहरुका बीचमा बढी रमाउने गुरुङ नेप्लिज युथ युकेका संस्थापक अध्यक्ष हुन् । युवा परिचालन तथा सहभागितामा सामाजिक कार्यमा सक्रिय गुरुङ समाजसेवी तथा सामाजिक अभियन्ता तथा सफल युवा व्यवसायीका रुपमा पनि चिनिन्छन् ।

युवा पुस्ताको साथ र अग्रजहरुको सहयोगमा सभापति पदमा निर्वाचित हुने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया