२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन नोभेम्वर २७ मा हुने पक्का : सबै तयारी पूरा

33840 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)को अधिवेशन नोभेम्वर २७ हुने पक्का भएको छ ।

निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगानाका अनुसार समितिको पाँचौं अधिवेशन आगामी नोभेम्बर २७ शनिबार उत्तर–पश्चिम लण्डनको ह्यारोस्थित गोल्डेनशीपमा हुने भएको छ । संयोजक डा. ढुंगानाले केशव भण्डारीलाई सदस्य र खुशी लिम्बुलाई सदस्य सचिव बनाएर आफ्नो निर्वाचन समितिलाई पूर्णता दिएका छन् ।

वर्तमान सभापति युवराज गुरुङको संयोजनमा अधिवेशन आयोजक समिति बनिसकेको छ । जसमा कार्यसमितिका सबै सदस्यहरु समावेश छन् ।

“अधिवेशनका तयारी पुरा गर्न केही बाँकी रहेको भन्दै ​कार्यसमितिले अधिवेशन एक हप्ता पछि सार्ने निर्णय गरेपछि हामीले निर्वाचन पनि अन्ततः नोभेम्बर २७ मा नै गर्ने भएका छौं”, निर्वाचन समितिका संयोजक डा. ढुंगानाले बताए ।

विधान समितीको संयोजकमा शिवजी श्रेष्ठ सदस्यहरुमा राष्ट्र राई , र वर्तमान उपसभापती सुरज केसी रहेका छन् ।

लण्डनको ह्यारोस्थित गोल्डेनशीपमा हुने नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनको मिडिया संयोजकमा नेपाल प्रेस युनियनका सचिव मन्दिप केसी रहेका छन् भने अधिवेशनको हल तथा खाना व्यवस्थापन समितीको संयोजकमा अलखेक चौहान रहेका छन् तथा सदस्यहरुमा रितेश राज पाण्डे ,  कुश बस्नेत , रेशम बस्याल , भिम राज राई , सुबाश राई र सन्जिब राई रहेका छन् ।

अथिति स्वागत तथा व्यवस्थापन समितीको संयोजकमा इन्द्रहाङ्ग लिन्ग्दें रहेका छन् । प्रचार प्रसार समितीको संयोजकमा वर्तमान उपसभापती महेश दाहाल रहेका छन् । स्वयंसेवक व्यवस्थापन समिती संयोजकमा वर्तमान उपसभापती तर्क जंग गुरुङ्ग रहेको सभापती युवराज गुरुङ्गले जानकारी दिए ।

 

प्रतिक्रिया