२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सर्यो नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन

15309 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन नोभेम्बर २१ तारिकमा नहुने भएको छ ।

समितिका सभापति युवराज गुरुङ्ग अनुसार अब अधिवेशन नोभेम्बर २७ तारिक हुने भएको छ ।

“यसअघि हामीले नोभेम्बर २१ मा अधिवेशन गर्ने भनेको भएपनि तयारी पुरा गर्न केही बाँकी रहेकोले हामीले अधिवेशन एक हप्ता पछि सारेका छौं”, एनपीसीसी यूकेका सभापति युवराज गुरुङ्गले बताए ।

उनका अनुसार जनसम्पर्क समिति बेलायतको निर्धारित पाँचौं अधिवेशन आगामी नाभेम्बर २७ मा हुने भएको छ ।

प्रतिक्रिया