काठमाडौं – एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रोकिनुमा भ्रष्टाचार तथा अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् ।
कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनए को दशौं महाधिवेशन सार्नुमाएनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् ।
उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओ परियोजनामा भ्रष्टाचार भएको छानबिन समितिको प्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहका पदाधिकारी जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।
‘त्यस विषयमा एनआरएनएले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मध्य पूर्वमा गठन गरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निष्कर्ष निकालेको छ,’ उनले भने, ‘त्यसलाई परराष्ट्र मन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’
कँडेलले राष्ट्रिय समन्वय परिषदहरुले पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेको बताए । ‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गत अक्टुबरदेखि आइसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएको छ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्ट्रको लेटर देखाएर महाधिवेशन रोकिएको छ । हामी सुधार गर्ने अभियानमा छौं ।’
एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागि जे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र बर्खिलाप गर्नुपर्नेमा जोड दिए ।
महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएका डेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको कँडेलले बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएका डेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्य बनाएर डेलिगेट्स बनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ । अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’
गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेर एनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएको प्रति कँडेलले दुःख व्यक्त गरे ।
‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममा एनआरएनएमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्स विवाद समाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएको डेलिगेट्सहरुलाई अस्विकार गरिएकोछ । रसिया, साउदी अरेबिया, न्यूजील्याण्ड आदि मुलुकबाट नक्कली सदस्य बनाएर पठाइएको छ ।’
संसारभरका एनसीसीको विश्व भेलाले विधिभन्दा बाहिर गएर एनआरएनएलाई कब्जा गर्न पाइँदैन भन्ने सन्देश दिएको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशन गरौं भन्ने आफुहरुको माग रहेको उनले बताए । एनआरएनएमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेलले बताए।
परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले उसले भनेको मान्नुपर्नेमा उनले जोड दिए । ‘महाधिवेशनमा आफ्ना प्रतिनिधि पठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं । राष्ट्रिय समन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरी महाधिवेशन हुनुपर्छ,’ उनले भने ।
यो लिंकमा गएर पुरै अन्तर्वार्ता हेर्न सकिन्छ :