२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कुल आचार्य जिताउ अभियान युके’ प्रमुखमा शेर सुनार, संयोजकमा हितकाजी गुरुङ र सचिवमा त्रिपाठी

24455 Shares
Spread the love

लण्डन – एनआरएनएको आगामी अधिवेशनमा बेलायत कर्मथलो भएका एनआरएन युकेका पूर्व उपाध्यक्ष कुल आचार्यलाई जिताउने अभियानको नेतृत्व एनआरएन युकेका प्रमुख संरक्षक शेर सुनारले गर्ने भएका छन् । यसैगरी बेलायतबाट प्रचारप्रचारको संयोजक तमुधि युकेका अध्यक्ष हितकाजी गुरूगले गर्ने भएका छन् भने सचिवको जिम्मेवारी एनआरएन युकेका पूर्व महासचिव राज कुमार त्रिपाठीले गर्ने भएका छन् ।

एनआरएन युकेका अध्यक्ष प्रेम गहामगर र शुभचिन्तकहरूको सल्लाहमा आफ्नै कर्मथलो बेलायतबाट चुनावी आभियानलाई नेतृत्व गरी सहयोग गर्न सुनार, गुरुङ र त्रिपाठीलाई जिम्मेवारी दिइएको हो । एनआरएनएको दशौ अधिवेशनको सन्दर्भमा करिव दुई महिना नेपाल रहेका अध्यक्षका प्रत्यासी कुल आचार्य दशैको दिन बेलायत आएदेखि यहॉका एनआरएन अभियन्ता एवं शुभचिन्तकहरूसँग निरन्तर छलफलमा छन् ।

बेलायती समाजमा एनआरएन अभियानमा स्वच्छ छवि वनाएका लोकप्रिय एवं एनआरएन युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार प्रचारप्रसार समितिको प्रमुख संयोजक र बेलायतको नेपाली समुदायमै सबैभन्दा ठूलो संस्था तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ संयोजकमा रहनुले पनि आफूलाई थप हौसला र उर्जा मिलेको अध्यक्ष प्रत्यासी कुल आचार्यले बताए ।

बेलायतबाट एनआरएनएको आगामी अन्तररास्ट्रिय सम्मेलनमा भागलिने सबै प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएन युकेका वर्तमान र पूर्व पदाधिकारी एवं व्यवसायीहरूसँग छिट्टै एक भेटघाट कार्यक्रम राख्ने तयारी भैरहेको जानकारी शेर सुनारले गराए। प्रचार प्रसार समितिलाई छिट्टै विस्तार गरिने समितिका सचिव आर के त्रिपाठीले जानकारी गराएका छन् ।

प्रतिक्रिया