काठमाडौँ — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष बद्रि केसीले संस्थाको एमआइएस प्रणाली दुरुपयोग गरेको प्रमाण फेला परेको छ।
उनले एमआइएसमा दर्ता भएका डेलिगेट्सको व्यक्तिगत विवरण, ठेगाना संकलन गरी फोन गर्ने, इमेल गर्ने र आफु पक्षका अन्य उम्मेदवार हरुलाई पनि बिवरण दिएर दुरुपयोग गरेको कतिपय डेलिगेट्सले गुनासो गरेका छन् ।
“संस्था भित्र रहेपछि संस्था र सदस्यहरुका व्यक्तिगत विवरणको गोपनीयता कायम गर्नु पर्नेमा उल्टै पदाधिकारीहरुले नै त्यसको दुरुपयोग गर्नु निन्दनीय छ। निर्वाचन समितीले यसको छानबिन गर्नु पर्छ। यो घटना सामान्य होइन,” एक आइसीसी सदस्यले भने।
यस अघि जापान, चिली, जर्मनी लगायतका देशमा भएको निर्वाचनमा संस्थाको एमआइएस सिस्टमको दुरुपयोग गरि निर्वाचनको नातिजा नै आफ्नो पक्षमा परेको आरोप लागेको थियो। जापानमा फेरि चुनाव गराउन गरिएको मागको केसीले विरोध गर्दै आएका छन्।
एमआइएस सिस्टमको दुरुपयोग गरी जापानको चुनावमा धाधली गरिएको भनी नेपाल प्रहरीको साइबर क्राइम ब्युरोमा उजुरी परेको छ।
तर केन्द्रीय कार्य समितिका केहि पदाधिकारीले नेपाल प्रहरीलाई पनि प्रभावित गर्न खोजेको एक विश्वस्त सूत्रले बतायो।
यदि केसीले एमआइएस सिस्टमको दुरुपयोग गरेको प्रमाणित भएमा उनी अध्यक्ष पदमा उठ्न अयोग्य हुने छन् ।